विराटनगर, साउन १५
नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला कोभिड १९ संक्रमित भएका छन् ।
मधेश प्रदेशमा राजनितिक भेटघाटको शिलशिलमा रहेका उनी अचानक विरामी परेका थिए । त्यसलगतै उनी चकेजाँचको लागी काठमाडौंस्थित ग्राण्डी अस्पताल पुगेपछि उनलाई अस्पतालले कोडिभ भएको पुष्टी गरेको हो ।
कोइरालालाई अहिले ग्राण्डीको कोभिड आइसोलेसनमै भर्ना गरेर उपचार गरिँदैछ । उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाको अनुसार कोइरालाको स्वास्थ्य अहिले सामान्य छ ।