२९ चैत्र २०८१, शनिबार
12-04-2025 , Sat
Gold Silver Price (29 chaitra 2081, FRI)
Fine Gold 1 Tola NRs. 185500
Silver 1 Tola Nrs. 1920

अटल फार्मेसीविरुद्ध वाणिज्यमा ठगीको उजुर

Logo
प्रकाशित शुक्रबार, साउन २७, २०७९

दिनेश खड्का

विराटगर, साउन २७
विराटनगरस्थित अटल फार्मेसीले ग्राहकसँग बढी मुल्य लिई औषधी बिक्रि गरेको पाइएको छ । सुगरको विरामीले प्रयोग गर्ने ह्युमन ईन्सुलिनमा फार्मेसीले मोटो रकम ठगी  गरेकाे सहप्रमाण फेला परेको हो ।

नेपाली बजारमा ६ सय २२ रुपैयाँ पर्ने ‘ह्युमन इन्सुलिन’ फार्मेसीले ९ सय ९६ रूपैयाँ लिएर बिक्री गर्ने गरेको प्रमाण फेला परेको छ । बजार मूल्य भन्दा ३ सय ७४ रूपैयाँ बढी विरामीबाट असुली गरेको बिलसहित पब्लिक फोरमले बिहीबार वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयमा ठगीमा उजुरी दर्ता गराएको छ ।

उता अटल फार्मेसीले आफुबाट त्रुटी भएको बताएको छ । भारु मुल्य ठानेर १.६ गुण गरी बिल काट्दा उक्त त्रुटी हुन पुगेको फार्मेसीको जिकिर छ ।
त्यस्तै वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका अधिकारीहरुले आवश्यक छानविन गरी दोषी पाईएमा फार्मेसीलाई कारवाही गर्ने वताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]

काठमाडौँ ,२२ माघ ।  सरकारले आजबाट १६ लाख बढि किशोरीहरूलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन गर्दैछ। यो पहिलो पटक औपचारिक रूपमा राष्ट्रियस्तरमा खोप अभियान सञ्चालन हुन लागेको हो। देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान सफल पार्न […]