२९ चैत्र २०८१, शनिबार
12-04-2025 , Sat
Gold Silver Price (29 chaitra 2081, FRI)
Fine Gold 1 Tola NRs. 185500
Silver 1 Tola Nrs. 1920

विराटनगरमा चार्बी फार्मेसीको मनोमानी

Logo
प्रकाशित बिहिबार, भाद्र ०९, २०७९

विराटनगर, भदौ ९
निरज बस्नेत
विराटनगरको शहिद मार्गमा अवस्थित चार्बी फार्मेसीको मनोमानी बाहिरिएको छ ।

गएराती १०ः२४ मा विराटनगर ७ का स्थानीय विकल पोखरेलले डिस्पोजल माक्र्स किन्दा रु. १० तिर्नुपर्यो । जवकी, तत्कालीन केपी ओली नेतृत्वको सरकारकै पालामा डिस्पोजल माक्र्सको खुद्रा मूल्य अधिकतम रु. ५ तोकिएको थियो । मानवीय स्वास्थ्यसँग जोडिएको विषयमा अलिकता पनि नैतिकता यस फार्मेसीले देखाएन । यो प्रतिनिधि घटना मात्र हो ।यस्ता अन्य पसल धेरै छन् । जो अहिले पनि डिस्पोजल माक्र्सको मनपर्दी मूल्य लिईरहेका छन् ।

सामान्य माक्र्स त एक पिस कसैले माग्दा निशुल्क दिनुपर्ने ठाउँमा उल्टै ठगीधन्दामा उत्रिनु कतिको जायज होला ? यसमाथि अन्य औषधीमा कति बढी मूल्य यस चार्बी फार्मेसीले लेला ? प्रश्न जटिल छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]

काठमाडौँ ,२२ माघ ।  सरकारले आजबाट १६ लाख बढि किशोरीहरूलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन गर्दैछ। यो पहिलो पटक औपचारिक रूपमा राष्ट्रियस्तरमा खोप अभियान सञ्चालन हुन लागेको हो। देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान सफल पार्न […]