०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

ऋषी पञ्चमीको अवसरमा वृद्धवृद्धालाई जलपान

Logo
प्रकाशित शनिबार, भाद्र ११, २०७९

विराटनगर, भदौ ११
आसन्न ऋषी पञ्चमीको अवसरमा श्री गुरु कविर साहेव स्थान विराटनगरले आश्रमका वृद्धवृदालाई जलपान गराएको छ । विराटनगर ८ अशोक चोकमा रहेको विराटेश्वर वृद्धाश्रमका ६३ वृद्धवृद्धालाई साहेव स्थानले शनिवार जलपान गराएको हो ।

आश्रममै आयोजना गरिएको जलपान कार्यक्रममा वृद्धवृदाहरुलाई खिर, पुरी, तरकारी लगाएत मिठाईका विभिन्न परिकारहरु ग्रहणको लागी दिईएको थियो ।
श्री गुरु कविर साहेव स्थान , कविरका अनुयायीहरुको मन्दिर हो ।

कविरको मन्दिरले विभिन्न धार्मिक अवसरहरुमा भजन कृतन एवं जालपान लगाएतको समाजिक काम गर्दै आएको कविर स्थान समिति विराटनगरका अध्यक्ष बाबु प्रसाद यादवले जानकारी गराए । कार्यक्रममा आश्रमका अध्यक्ष जगत अज्र्यालले वृद्धवृद्धालाई लक्षितगरी जालपान कार्यक्रम आयोजाना गरेकोमा कविर मन्दिर समितिलाई धन्यवाद समेत व्यक्त गरे ।

बिराटनगरमा मात्र श्रीे कबिर साहेवको ६ वटा स्थान रहेको छ । बिराटनगरभित्र मात्र एक हजारको संख्यामा गुरु कबिर साहेबका अनुयायीहरु रहेको बताइएके छ ।
गुरु कविर साहेव ५६८ वर्ष अघि भारतमा उत्पत्ती भएको किंबदन्ती छ । उनले विश्वमा छुवाछुत उन्मूलनका लागी अगुवाको भुमिका खेलेको अनुयायी बताउँछन् । श्री कविर साहेव हिन्दु धर्म अन्र्तगत नै पर्दछ । अन्तर यति मात्र छ, हिन्दु धर्मले छुवाछुत मान्छ, कविरका अनुयायी छुवाछुत मान्दैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]