रुकुम पश्चिम, भाद्र १
मदिरा सेवन गरेको भन्दै स्थानीय रामबहादुर पुनलाई आठबीसकोट नगरपालिकाले ४० हजार रुपैयाँ जारिवाना तिराएको छ । उक्त घटना साउन २ को हो ।
आफ्नो होटलमा आएका पाहुनासँग बसेर पाहुरमा (कोशेली) आएको रक्सी सेवन गर्दा समेत जरिवाना तिराएको पुनको गुनासो छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीका अनुसार आठबीसकोटमा पाहुरका रूपमा आएको मदिरा समेत प्रयोग गर्न प्रतिबन्धित छ । उक्त नगरपालिकामा मदिरा सेवन गर्ने र बेचबिखनकर्तालाई ३ हजारदेखि १ लाखसम्म जरिवाना तोकिएको छ ।