१५ बैशाख २०८२, सोमबार
28-04-2025 , Mon
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

मोरङ – ५ मा यादवको संभावना बलियो

Logo
प्रकाशित बुधबार, आश्विन २६, २०७९

विराटनगर, असोज २६
निरज बस्नेत
विराटनगरका सुपरिचित अनुहार, राजकुमार यादवको उम्मेदवारी मोरङ – ५ बाट परेको छ । यादव जनता समाजवादी पार्टी मोरङका अध्यक्ष समेत हुन् । जसपाले मोरङमा प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी तालमेल गरेको हो ।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा जसपाले केन्द्रमा एक र प्रदेशमा दुईवटा सिटमा एमालेसँग सहकार्य गरेको छ । यादवको मुख्य प्रष्तिपर्धीको रुपमा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डल रहेका छन् । मण्डल यसअघिका पनि निर्वाचित जनप्रतिनिधि हुन् ।

यो चुनावमा जसपाका यादव विजयी हुने दरो आधार खडा भईरहेको आम ५ नं. क्षेत्रका मतदाता दावी गर्छन् । विगतमा ५ वर्ष सांसद भई मन्त्री सम्म बन्दा मण्डलले खासै देखिनेगरी काम नगरेकै कारण यस ५ नं. क्षेत्रका जनता रुष्ट प्रायः छन् । जसपा पनि सत्ता गठबन्धनकै एक महत्वपूर्ण घटक रहदै आएकोमा अन्तिम समयमा आएर गठबन्धनबाट बाहिरिएको हो । फलस्वरुप एमालेसँग महत्वपूर्ण चुनावी तालमेल भएको हो ।

मोरङमा रहेर लामो समयदेखि नेपाली राजनीतिको अग्रभागमा रहेर जेलनेल भोग्दै सकारात्मक परिवर्तवनका लागि जसपाका यादवको भूमिका अतूलनिय रहेको पाईन्छ । सवैमाझ लोकप्रिय छवि बनाएका यादवले नै अन्ततः मोरङ – ५ मा प्रतिनिधि सभाका लागि चुनाव जित्ने अड्कल काटिदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,१२ बैशाख। अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द हुने भएको छ । इलोन मस्कको नेतृत्वमा रहेको नयाँ स्थापित सरकारी दक्षता विभागले संघीय खर्च कटौती गर्ने व्यापक प्रयासका स्वरुप एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय गरेको हो । एमसीसीका कर्मचारीहरूलाई मे ५ देखि नै ‘अनपेड लिभ’ मा राखिने सम्भावना छ । कर्मचारी […]

झापा,११ वैशाख  । व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् । बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय  प्रवर्धनकालागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्ताएको व्यवसायलाई  चलायमान बनाउँदै महिलाहरुलाई आर्थिक उर्पाजनमा समेत थप टेवा पु¥याउने उद्धेश्यले उत्पादनदेखि बजारीकरणसम्मका लागि झापा र सुनसरीका […]

विराटनगर, वैशाख १० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उपभोक्ता संरक्षण विभागले स्वदेशी तथा आयातित सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गर्ने निर्देशन जारी गरेपछि उद्योगी तथा व्यापारीहरू कारबाहीमा पर्न थालेका छन्। २० चैत २०८१ यता  विभागले गरेका अनुगमन र कारबाहीबाट उद्योगी–व्यवसायी एमआरपी लेबल राख्न बाध्य भएका छन् । विभागले गएको चैत […]