१५ बैशाख २०८२, सोमबार
28-04-2025 , Mon
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

प्रधानमन्त्री शेर बहादुर देउवा विराटनगर शनिवार आउँदैं

Logo
प्रकाशित बिहिबार, कार्तिक ०३, २०७९

विराटनगर, कार्तिक ३
निरज बस्नेत
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा कार्तिक ५ गते शनिवार विराटनगर आउँदैछन् । देउवाका साथमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सँगै आउँदैछन् । यसका लागि कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोईराला  बुधवार काठमाडौं प्रस्थान गरिसकेका छन् ।

विराटनगरस्थित मनास्लु होटलमा कार्यक्रम निर्धारित समयमा हुने जानकारी नेपाली कांग्रेस मोरङले जनाएको छ । गठबन्धनका मुख्य दुई घटक पार्टी, कांग्रेस–माओवादी केन्द्रमा कुनै मनमुटाव छैन । हामी मिलेर नै चुनावमा जाँदैछौ, यही म्यासेज आम मतदातामा जाओस्, भँन्ने उद्देश्यका साथमा कार्यक्रम गर्न लागिएको माओवादी केन्द्र मोरङले बताएको छ ।

त्यस्तैगरी कांग्रेसभित्र सवै एक छन् । गुट–उपगुट समाप्त भईसकेको छ । यही, यस्ता भ्रम चिर्नको लागि समेत पर्सिको कार्यक्रम आयोजना हुदैछ । जसका लागि सवै तारतम्य मिलाउन शेखर यतिवेला काठमाडौंमा छन् । ५ सय बढी आगन्तुकलाई कार्यक्रममा निम्तो दिईएको छ ।

यस कार्यक्रममा मोरङलाई केन्द्रविन्ँदू बनाई राजनीति गर्दे आएका देउवा–कोईराला समूहका प्रायः सवै नेता उपस्थित हुने कांग्रेस स्रोत दावी गर्छ । यता माओवादी केन्द्रका मोरङका अधिकांश नेताहरु समेत आउने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,१२ बैशाख। अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द हुने भएको छ । इलोन मस्कको नेतृत्वमा रहेको नयाँ स्थापित सरकारी दक्षता विभागले संघीय खर्च कटौती गर्ने व्यापक प्रयासका स्वरुप एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय गरेको हो । एमसीसीका कर्मचारीहरूलाई मे ५ देखि नै ‘अनपेड लिभ’ मा राखिने सम्भावना छ । कर्मचारी […]

झापा,११ वैशाख  । व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् । बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय  प्रवर्धनकालागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्ताएको व्यवसायलाई  चलायमान बनाउँदै महिलाहरुलाई आर्थिक उर्पाजनमा समेत थप टेवा पु¥याउने उद्धेश्यले उत्पादनदेखि बजारीकरणसम्मका लागि झापा र सुनसरीका […]

विराटनगर, वैशाख १० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उपभोक्ता संरक्षण विभागले स्वदेशी तथा आयातित सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गर्ने निर्देशन जारी गरेपछि उद्योगी तथा व्यापारीहरू कारबाहीमा पर्न थालेका छन्। २० चैत २०८१ यता  विभागले गरेका अनुगमन र कारबाहीबाट उद्योगी–व्यवसायी एमआरपी लेबल राख्न बाध्य भएका छन् । विभागले गएको चैत […]