१५ बैशाख २०८२, सोमबार
28-04-2025 , Mon
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

मोरङ–५ मा राप्रपाका थापाको उम्मेदवारीले मतदाता उत्साहित

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०४, २०७९

विराटनगर, कार्तिक ४
निरज बस्नेत
धनकुटाको मुगामा जन्मिएका रेवत बहादुर थापाको उम्मेदवारी मोरङ–५ बाट परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका कर्मठ जुझारु नेता थापाको प्रतिनिधि सभामा उम्मेदवारी पर्नु लाई मोरङ–५ का मतदाताले उत्सवको रुपमा लिएका छन् ।

कांग्रेस, एमाले, माओवादी, लगायत धेरै पार्टीलाई धेरै पटक हेरियो र चिनियो । तर, व्यवहारमा जति पटक जितेर गएतापनि कसैले मुलुकलाई माया गरेनन् । यसपटक थापालाई जिताएमा स्वच्छ भावनाले हाम्रै लागि काम गर्छन् भन्ने आम मतदाताको स्पष्ट बुझाई रहेको देखिन्छ ।

विराटनगरलाई कर्मथलो बनाई मोरङका जनताकै पक्षमा सदासर्वदा मरिमेट्ने दूरदृष्टि भएका थापा सवैमाझ चिरपरिचित अनुहार हुन् । थापाको विराटनगरमा आफ्नै एक्लो लगानी रहेको चारतारे रत्ना होटल बसपार्कमा छ । मलाया रोडमा सँस्थम कलेज पनि थापाकै हो । जहाँ होटल म्यानेजमेन्ट कोर्ष पढाई हुन्छ । बर्षेनी ३ सय जनाको कोटामा गुणस्तरीय शिक्षामा यो कलेज अव्वल मानिन्छ । यस कलेजमा केही विधार्थीको लागि छात्रवृत्तीको समेत प्रबन्ध थापाले मिलाएका छन् ।

धनकुटा हिलेमा रहेको होराईजन नामको होटलका संचालक थापा नै हुन् । थापा आफ्नै बलबुताले सक्षम भएका व्यक्तित्व हुन् । यिनलाई दुई पैसा कमाउधन्दामा लाग्नु छैन । यो पालिको चुनावमा विजयी भएको खण्डमा यिनले एक पैसा पनि राज्यको नखाने उद्घोष गरेका छन् । यही दरो दृढ संकल्प पनि यिनको विजयको ढोका खुल्ने आधार बन्न सक्छ ।

थापाले धनकुटा मुगामा ७ सय रोपनी जग्गामा कृषिको उत्थानको लागि कफि एभोकाडो लगाई कृषि पर्यटनलाई उजागर गरेका छन् । राजसंस्था सहितको प्रजातन्त्र एवं हिन्दू राष्ट्र सहितको मुलुक मुख्य एजेण्डा राप्रपाको रहेको छ । भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो । यही राष्ट्रिय स्लोगनलाई आत्मसात् गर्दे जनताको तहमा पुगेर देखिनेगरी काम गर्ने थापाको मुख्य योजनामा पर्छ ।

थापाको शिक्षा विराटनगरको जनता, सरस्वती हुदै काठमाण्डौं त्रिचन्द्रमा पुगेर टुगिंयो । तत्पश्चात् नेपाल प्रहरीको जागिर लामो समयसम्म खाएँ । यसक्रममा एस.एस. पि. सम्म भएँ । आम नागरिकको हकमा दत्तचित्त भई अनवरतरुपमा आजसम्म यिनको सेवा प्रसंसनीय छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,१२ बैशाख। अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द हुने भएको छ । इलोन मस्कको नेतृत्वमा रहेको नयाँ स्थापित सरकारी दक्षता विभागले संघीय खर्च कटौती गर्ने व्यापक प्रयासका स्वरुप एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय गरेको हो । एमसीसीका कर्मचारीहरूलाई मे ५ देखि नै ‘अनपेड लिभ’ मा राखिने सम्भावना छ । कर्मचारी […]

झापा,११ वैशाख  । व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् । बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय  प्रवर्धनकालागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्ताएको व्यवसायलाई  चलायमान बनाउँदै महिलाहरुलाई आर्थिक उर्पाजनमा समेत थप टेवा पु¥याउने उद्धेश्यले उत्पादनदेखि बजारीकरणसम्मका लागि झापा र सुनसरीका […]

विराटनगर, वैशाख १० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उपभोक्ता संरक्षण विभागले स्वदेशी तथा आयातित सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गर्ने निर्देशन जारी गरेपछि उद्योगी तथा व्यापारीहरू कारबाहीमा पर्न थालेका छन्। २० चैत २०८१ यता  विभागले गरेका अनुगमन र कारबाहीबाट उद्योगी–व्यवसायी एमआरपी लेबल राख्न बाध्य भएका छन् । विभागले गएको चैत […]