विराटनगर, कार्तिक ५
निरज बस्नेत
एमाले नेता परशुराम बस्नेतका निकटका रुपमा चिनिने ‘गुण्डा’ किरण लामा विरुद्द अपहरण, शरीर बन्धक, मिटरब्याज र फिरौंती कसुरको जाहेरी परेको छ । विराटनगर–८ का नवल यादव र विराटनगर–१४ का अभिषेक शाहले विराटनगर–११ बस्ने लामा विरुद्द मोरङ प्रहरीमा जाहेरी दिएका हुन् ।
जाहेरीमा लामाका सहयोगी अनुज मगरलाई पनि विपक्षी बनाईएको छ । पीडितद्दयलाई लामाले सल्लाह गर्नु छ भनी शुक्रवार आफ्नै निवासमा बोलाई निर्घात कुटपिट गरेका थिएँ । घटनाबारे पिडितहरुले शनिबार मोरङ प्रहरीमा जाहेरी समेत दिएका छन् । जाहेरी शनिवार लिएँतापनि दर्ता चाँही कानूनसम्मत रुपमा आइतवार गर्ने मोरङ प्रहरीले जनाएको छ ।
नवल यादवले लामाबाट गएको असार २९ गते मिटरब्याजमा ५ लाख रुपैंयाँ लिएका थिएँ । पैशा दिएकाे ३ महिनामैं लामाले डर धाक धम्की दिई आफुसँग ५ लाखको १८ लाखसम्म जर्वजस्ती असुलउपर गरिसकेको यादवले जाहेरीमा उल्लेख गरेका छन् । थप पँच्चिस लाख दिनुपर्ने भन्दै लामाले बन्धक बनाएर कुटपिट गरेकाे पिडित यादवकाे जिकिर छ।
ठाडो निवेदन पश्चात् प्रहरी लामाको घरमा पुगेको थियो । तर, लामालाई प्रहरीले फेला पार्न सकेन ।
आसन्न मंसीर–४ को चुनावमा प्रदेश–१ अन्र्तगतको मोरङ–६(ख) बाट एमालेका उम्मेदवार बनेका परशुरामलाई लामाको यो हर्कतले घाटा पुर्याउने अड्कल काटिएको छ । विगतमा प्रह्लाद गुरागाई, जगदिश शाहलाई समेत लामाले महेन्द्र चोकको एक होटलमा बन्धक बनाएर कुटेका थिएँ । प्रायजसो कुटपिट काण्डमा मुछिने लामाको स्वभाव दिनप्रतिदिन उदण्डमा परिणत हुँदैछ ।
लामा नेकपा एमाले युवा संघ विराटनगर महानगर कमिटी अध्यक्ष हुन् । विराटनगरलाई केन्द्रविन्दू बनाई लामा विगत देखि नै आपराधिक क्रृयाकलापमा संग्लन हुँदै आईरहेका छन् । लामाको यो हदसम्मको कर्तुत एमाले जस्तो जिम्मेवार पार्टीले टुलुटुलु हेर्दे बसिरहेको प्रष्टै देखिन्छ । लामाको सम्वन्ध एमाले अध्यक्ष केपी ओलीसँग राम्रो छ । एमाले मोरङ जिल्ला अध्यक्ष विनोद ढकाल, परशुराम बस्नेत, पूर्व डिआईजी नवराज सिलवाल, लगायतसँग राम्रो हिमचिम रहेको छ । यो कुराको पुष्टि लामाको आधिकारिक फेसबुकमा अपलोड पोष्टबाटै छर्लङै हुन्छ ।