१५ बैशाख २०८२, सोमबार
28-04-2025 , Mon
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

मोरङ–५ मा राप्रपाका उम्मेदवार थापाको आक्रमक चुनावी प्रचार–प्रसार

Logo
प्रकाशित शुक्रबार, कार्तिक १८, २०७९

विराटनगर, कार्तिक १८
निरज बस्नेत
मोरङ–५ का राप्रपाका उम्मेदवार रेवत बहादुर थापाको विराटनगर केन्द्रित आक्रमक चुनावी प्रचार–प्रसारले तीव्रता पाएको छ । विराटनगर–१५ हाडताली चोकमा शुक्रवार चुनावी सभालाई सम्वोधन गर्दे थापाले भ्रष्टाचारको मूल जरालाई आफूले उखेल्ने प्रण मतदातामाझ गरेका छन् । जसको लागि मंसीर–४ को चुनावमा अत्यधिक मतले विजयी गराउन सवैलाई आग्रह गरे ।

भ्रष्टाचार विरोधी नेताकै छवि बनाएका थापालाई सवैमिली मत हालेर साथ दिने यस हाडताली हाटका मतदाताले कार्यक्रममा वाचा समेत गरेका छन् । कार्यक्रममा सयौंको संख्यामा मानिसहरुको उपस्थिती रहेको थियो ।

३२ बर्ष नेपाल प्रहरीमा जागिर खाई देश जनताको पक्षमा पवित्र मनले सेवा गरेका थापा आफैं समाजसेवाको क्षेत्रमा आफ्नै कर्मले सधै एककदम अगाडी रहदै आएका छन् । कसैको पनि दुःख हेर्न नसक्ने थापा मनकारी सवभावका छन् ।

विराटनगर–१५ मा रहेको विराटनगरको शानको रुपमा रहदै आएको जुटमिल उधोग आज ध्वस्त झै रहेको छ । यसको मुख्य जिम्मेवार ठूला भनिएका दलहरुनै हुन् । सवैमिली यसलाई बेची खाने भाँडो बनाएँ । यसप्रति सम्झिदा समेत थापाको मन भक्कानिन्छ ।

यी यावत् कैयन् समस्याको चाङ आज विराटनगर–१५ मा जस्ताको तस्तै छ । वि.स. २०१९ को त्यो वेलाको विराटनगर–१५ मा आउँदाको पलहरु समेत थापाले कार्यक्रममा मन्तव्य राख्ने क्रममा स्मरण गरे । मोरङ–५ अन्र्तगत विराटनगरका वडा न. १३ देखी १८ सम्म पर्छ । आज विराटनगर–१५ मा कार्यक्रम भएको छ । आगामी दिनहरुमा, विराटनगर केन्द्रित अन्य वडाहरुमा समेत चुनावी प्रचार–प्रसारले तीव्रता पाउने कुराको जानकारी थापाले दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]