१५ बैशाख २०८२, सोमबार
28-04-2025 , Mon
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

चर्चित व्यक्तित्व उद्दव पौडेल अव विराटनगर नै बस्ने

Logo
प्रकाशित बुधबार, कार्तिक २३, २०७९

विराटनगर, कार्तिक २३
निरज बस्नेत
बहुप्रतिभाशाली व्यक्ति उद्दव पौडेल अव सधैको लागि विराटनगर नै बस्ने निर्णयमा पुगेका छन् । विराटनगरबाट नै आफ्नो करियरलाई उँचाईमा पुर्याएँका पौडेल राप्रपाबाट समानुपातिक तर्फका प्रतिनिधि सभाका उम्मेदवार हुन् ।

नेपाल सरकारवाट दीर्घ साधना सम्मानबाट विभूषित पौडेल कुनै समयका पत्रकार समेत थिएँ । विराटनगरमा रहेर तत्कालीन समयमा, रोडशेष स्तम्भ, सहिद रंगशाला, कभर्ड हल, लगायत निर्माण गर्नुमा पौडेलको अहम् भूमिका रहेको हो । यतिवेला पौडेललाई चुनावी चटारोले व्यस्त बनाएको छ । जनताको नजिकमा रहेर जनताकै पीरमर्का बुझ्नमा यिनलाई अहिले भ्याई न भ्याई छ ।

निकट भविष्यमा आफ्नो नाममा रहेको उद्दव पौडेल फाउन्डेशनलाई विराटनगरमा नै सिफ्ट गर्ने महत्वपूर्ण योजना बनाएका छन् । उमेरले ७० पुग्न लागेका पौडेल अवको शेष जीवनलाई यही विराटनगरमा नै व्यतित गर्न चाहन्छन् । आसन्न मंसीर–४ को चुनावी लक्षित कार्यक्रमलाई मध्यनजर गर्दे पौडेलले केही प्रतिवद्दताहरु, सार्वजनिक गरेका छन् ।

अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्म संभव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, जनतावाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद, प्रदेश खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना लगायत अन्य सामाजिक, आर्थिक मुद्दाहरु रहेका छन् । हलो चिन्हमा मतदान गरौ, देशको मुहार बदल्न मतलाई मनसँग जोडौ सहितको राष्ट्रिय स्लोगन बोकी पौडेल एककदम अगाडी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]