विराटनगर, कार्तिक २८
निरज बस्नेत
विजय कुमार गच्छेदार, नेपाली राजनीतिका धुरन्धर खेलाडी मानिन्छन् । यिनले सुनसरीबाट पटक–पटक चुनाव जितेका छन् । विजयको ईतिहास गर्विलो छ ।
वास्ववमै नेपाली राजनीतिमा यिनको भूमिका अतुलनिय रहँदै आएको छ । पटक–पटक मन्त्री देखी उपप्रधानमन्त्री समेत भईसक्दा यिनले देश र जनताका खातिर धेरैपटक महत्वपूर्ण कामहरु देखिनेगरी गरेका छन् । यो पटक पुन ः सुनसरी–३ बाट विजयको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसले विजयलाई अन्तिम पटक मौका दिएँको छ । यिनी स्वंयम् यो कुरा स्वीकार्दे भन्छन्, यसपटक–अन्तिम पटक । नेपाली कांग्रेस हुदै बीचमा कांग्रेस छोडी फोरम लोकतान्त्रिक पार्टी खडा गरेका यिनी अहिले पुन ः कांग्रेसमै फर्किएका छन् ।
आफ्नै घर फर्किएकोमा विजय गर्व गर्छन् । यिनको प्रतिद्दन्दीमा एमालेकी उम्मेदवार भगवती चौधरी रहेकी छिन् । यिनै भगवतीलाई विजयले २ पटक यसै क्षेत्रवाट हराईसकेका छन् । आसन्न मंसीर–४ को चुनावमा हराई विजय फेरी प्रतिनिधि सभा हलमा ह्याट्रिक ईन्ट्री मार्न चाहन्छन् । यो सरसर्ती हेर्दा संभव पनि हुन सक्दछ । यस क्षेत्रका मतदाताले फेरी पनि एकपटक विजयलाई मौका दिन सक्दछन् ।