१५ बैशाख २०८२, सोमबार
28-04-2025 , Mon
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

उद्दव पौडेलको दावी, मंसीर–४ पछि राजेन्द्र लिङ्देन प्रधानमन्त्री

Logo
प्रकाशित मंगलबार, कार्तिक २९, २०७९

विराटनगर, कार्तिक २९
निरज बस्नेत
चलचित्रकर्मी, व्यवसायी, समाजसेवी एवं राप्रपा नेता उद्दव पौडेल दावी गर्छन्, मंसीर–४ पछि राजेन्द्र लिङ्दे्न प्रधानमन्त्री हुनेछन् । विराटनगरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा पौडेलले यस्तो दावी गरेका हुन् ।

हुन त राप्रपाका अधिकांश नेताको दावी रहँदै आएँको छ की अवको प्रधानमन्त्री राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन बन्नेछन् । जसको जे जस्तो दावी रहे तापनि यो मंसीर–४ पछिको परिणामले पक्कै पनि जनाईहाल्छ ।

यता समानुपातिकतर्फ समेत राप्रपाले ५० प्रतिशत सिट सुरक्षित गर्ने पौडेलको दावी छ । विराटनगरमा रहेर आम मतदाता समक्ष निकै नै सामिप्यता बढाएँका पौडेल राप्रपाबाट समानुपातिकतर्फका उम्मेदवार समेत हुन् । यता प्रत्यक्षतर्फ समेत राप्रपाको राम्रो नतिजा आउनेतर्फ पौडेल ढुक्क छन् ।

यही, विराटनगरको माटोमा जन्मिएको, हुर्किएको प्रति निकै नै गर्व पनि गर्दे पौडेल यही विराटनगरको लागि अझै केही गर्ने बताउँछन् । राप्रपाले प्रत्यक्ष प्रतिनिधि सभातर्फ १ सय ४२ स्थानमा उम्मेदवारी दिएँको छ । प्रदेशतर्फ २ सय ८६ स्थानमा उम्मेदवारी राप्रपाको परेको छ । यसपटकको चुनावमा राप्रपाले चमत्कारीक नतिजा निकाल्ने प्रति पौडेल निकै नै आशावादी देखिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]