१५ बैशाख २०८२, सोमबार
28-04-2025 , Mon
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

कार्तिक ३० मा केपी ओली र उपेन्द्र यादवले लौकहीमा सम्वोधन गर्ने

Logo
प्रकाशित मंगलबार, कार्तिक २९, २०७९

विराटनगर, कार्तिक २९
निरज बस्नेत
देशकै ठूलो पार्टी एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको लौकहीमा कार्तिक ३० मा विशेष सम्वोधन गर्ने कार्यक्रम तय भएको छ । यसका साथै जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले समेत यसै भेलालाई सम्वोधन गर्ने कार्यक्रम फिक्स भएको छ ।

एमाले एवं जसपाले संयुक्त रुपमा यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

सुनसरी क्षेत्र नं. ४ लाई लक्षित गर्दे उक्त कार्यक्रम हुदैछ । यसका साथमा सुनसरीका ४ वटै निर्वाचन क्षेत्रका अन्य एमाले र जसपाका उम्मेदवारहरुले जनसभालाई सम्वोधन गर्ने जनाईएको छ ।

जसपासँग चुनावी तालमेल गरी होमिएको एमालेले आफ्ना उम्मेदवारलाई जिताउँन यो भेला गर्न लागेको बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]