
विराटनगर, कार्तिक २९
निरज बस्नेत
एच. एम. विल्डर्सका संचालक समाजसेवी हसवुल मियाँप्रति सुनसरी–४ का मतदाता धेरै नै आशावादी देखिन्छन् ।
ईनरुवा स्थायी वसोवास रहेको मियाँप्रति मतदाता एकदमै खुशी छन् । समाजका हरेक तह तप्कामामा रहेर जिम्मेवारी भूमिका निर्वाह गर्दे एककदम अगाडी रहेका मियाँ सरल छन् ।
हरकोही सँग चाडै नै घुलमिल हुनसक्ने बहुआयामिक खुवी भएका मियाँ यतिवेला सुनसरी–४ का मतदामाँझ नै भलाकुसारीमा व्यस्त देखिन्छन् । आफ्नै मिहिनेतले राम्रो मुकाम हासिल गरेका मियाँलाई नपुग्दो केही छैन । यसर्थ पनि मतदातामा मियाँले भोली सांसद–मन्त्री भएर एक रुपैया पनि हिनामिना नगर्ने प्रति मतदाता ढुक्क देखिन्छन् ।