विराटनगर, मंसीर ५
निरज बस्नेत
सुनसरी–३ मा प्रदेशको बक्सामा प्रतिनिधि सभाको मतपत्र भेटीएपछि लफडा शुरु भएको छ ।
यस बबालसँगै शुरु भएको गणना ठप्प भएको छ । सर्वदलीय वैठकपछि पुनः गणना गरिने सुनसरी निर्वाचन कार्यालयले बताएँको छ ।
यस क्षेत्रमा नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार र एमालेकी नेतृ भगवती चौंधरी बीचमा नै जित – हारको प्रबल संभावना देखिन्छ । अझ भन्दा एमालेकी भगवतीको पल्ला ज्यादा भारी देखिन्छ । आम यस क्षेत्रका मतदाता भगवतीले नै चुनाव जित्ने दावी गर्छन् ।