१५ बैशाख २०८२, सोमबार
28-04-2025 , Mon
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

हिमाली जिल्ला मुस्ताङमा कांग्रेसका उम्मेदवारद्दय विजयी

Logo
प्रकाशित सोमबार, मंसिर ०५, २०७९

विराटनगर, मंसीर ५
निरज बस्नेत
नेपाली कांग्रेसका उम्मेदवार योगेस गौचन हिमाली जिल्ला मुस्ताङबाट प्रतिनिधि सभाका लागि विजयी भएका छन् । यो सँगै कांग्रेसले जितको ढोका खोलेको छ ।

सोमवार सकिएको मतगणना अनुसार कांग्रेसका युवा २९ बर्षिया उम्मेदवार गौचनले एमालेका ६० बर्षिया वृद्ध उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएँका हुन् । विजेता गौचनले ३ हजार ९९२ मत ल्याउँदा पराजित तुलाचनको ३ हजार ७८ मत आएँको छ ।

मुस्ताङको टोटल जनसंख्या ११ हजार ५९३ हो । यस जिल्लामा कूल मतदाता १० हजार ९५७ रहेको छ । मंसीर–४ को निर्वाचनमा यहाँ ७ हजार २३० मत खसेको थियो ।

यता मुस्ताङ–१ बाट पनि कांग्रेसका उम्मेदवार नुम्डु गुरुङ विजयी भएँका छन् । यिनले एमालेका ईन्द्रधारा विष्टलाई हराएका हुन् । नुम्डुले १ हजार ४८ मत ल्याएर विजय बन्दा विष्ट ७ सय ९३ मत ल्याई पराजित भएँका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]