१५ बैशाख २०८२, सोमबार
28-04-2025 , Mon
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

मोरङमा राप्रपा पार्टीको पत्ता साफ हुने संकेत

Logo
प्रकाशित मंगलबार, मंसिर ०६, २०७९

विराटनगर, मंसीर ६
निरज बस्नेत
राप्रपा पार्टीको पत्ता साफ हुने लगभग निश्चित प्रायः देखिन्छ ।  मोरङमा जम्मा ६ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

मोरङ् – १ मा एमालेका घनश्याम खतिवडाको जित सुनिश्चित बन्दैछ । मोरङ्–२ मा एमालेबाट ऋषि पोखरेलको जितको संभावना बढेर गएको छ । मोरङ्–३ मा कांग्रेसका सुनिल शर्मा यतिवेला जितको अन्तिम घडीमा छन् ।

मोरङ्–४ बाट माआवादी केन्द्रका अमनलाल मोदीको जित प्रायः, प्रायः नजिक छ । मोरङ्–५ मा स्वतन्त्रका यागेन्द्र मण्डलको जित लगभग पक्कापक्की देखिन्छ । त्यस्तैगरी मोरङ्–६ बाट कांग्रेसका डा. शेखर कोईरालाको जित निश्चित प्रायः छ ।

यसरी हेर्दा मोरङमा राप्रपाले जिरो स्थान लिने प्रष्ट देखिन्छ । यसको कारण केलाउँदा सर्वप्रथम त राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन नै प्रमुख जिम्मेवार देखिन्छन् । राजेन्द्रले चर्चामा आएका पब्लिकले रुचाएका व्यक्तिलाई चुनावमा टिकट वितरणमा उपेक्षा गर्नु नै कारणमध्ये एक हो ।

 

विराटनगरमा रहेर सधै नै आफै पदको लागि मरिहत्ते गर्ने मधेसी समुदायका एक नेतालाई टाउकोमा चढाउनु, उसैलाई सधैभरि मौका दिईरहनु, पार्टीमा योगदान गरेका खास मान्छेलाई पन्छाउनु पनि मोरङमा राप्रपा पत्ता साफ हुनु विशेष कारण मानिएको छ ।

काठमाडौंबाट यसो कहिलेकाहीँ आएँर पार्टीप्रतिको खोक्रो योगदान दिनेलाई काँध थाप्नु पनि अर्को हारको कारण हुनसक्छ । बाहुन समुदायका एक नेता छन् , जो विराटनगरमा नै रहेर राप्रपा पार्टीबाट लाजनीति गर्देछन्, यिनको गलत हर्कतका कारण आज राप्रपा मोरङमा अप्ठ्यारो स्थितीमा पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]