विराटनगर, मंसीर १५
निरज बस्नेत
मनी ईज नथिङ होईन । मनी ईज एभ्रीथिङ हो । पैंसा विनाको मानिसको जीवन मरेतूल्य हुन्छ, यो ठोकुवा हो । नेपाली खरवपति उपेन्द्र महतोेलाई कुनै एक अन्र्तवार्ताको क्रममा एकजना पत्रकारले यक्ष प्रश्न सोधेका थिँए, जसको उत्तर एक लाईनमा भन्नुपर्ने थिँयो । प्रश्नः मानिस किन दुःखी हुन्छ ? उत्तरमाः पैसा नभएर । वास्तवमा यो सतप्रतिशत सही हो ।
मानिसको दैनिक जीवनमा पैसा एक सवैभन्दा महत्वपूर्ण चीज हो । पैसा हुनेको यहाँ बोलवाला छ । पैसा छैन भने कुकुरको जीन्दगी भन्ने गरिन्छ । छन् गेडी सवै मेरी, छैंनन् गेडी सवै टेडी । यहाँ गेडी भनेको पैसा नै हो । एउटा भनाई पनि छ , माया भयो भने सवै मिल्छ, अह होईन , यो सरासर गलत हो । मायामा पनि पैसा छैन भने त्यो माया अपूर्ण हुन्छ । संसारमा आज पैसा हुनेको नै राज चल्छ ।
नेपालमा भर्खरै प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सम्पन्न भएको छ । यस चुनावमा पैसाको खोलो बगेको बताईन्छ । मत मागेर भन्दा, किनेर पाईने हो, यसै–यसै भन्छन् । हुन पनि हो । संसारभरिकै चुनावमा पैसाकै बोलवाला हुने गरेको देखिदैआएको छ । पैसा छ त चुनाव जितियो, नत्र हारियो । कोही एकआध मात्र आफ्नै बलबुता विना पैसाले चुनाव जित्लान् ।
विश्व प्रसिद्द फोर्ब म्याग्जिनमा संसारभरका धनीहरुको सूची नै प्रकाशित हुन्छ । पब्लिक फिगर भएका, नाम, दाम कमाएकाको नै मिडीयाले अक्सर हरथोक कभर गर्ने गर्दछ । पैसा हुनेको पछाडी नै धेरैको दौडाई हुन्छ । ठूला–ठूला पार्टीहरुले पनि चुनावमा करोडपति हैसियत राख्नेलाई प्राय टिकट दिने गरेका छन् । यसलाई गलत अर्थले नबुझियोस्, खातेपातेलाई चाही चुनावी टिकट हात पर्देन । सामान्य भन्दा सामान्य काममा समेत पैसाकै जरुरत पर्छ ।
मानिसको जन्मदेखी मरणसम्म स्टेप–स्टेपमा पैसा चाहिन्छ । जन्मिनासाथ जन्म दर्ता बनाउँदा आफ्नो वडामा रु. ५ सय बुझाउनैपर्छ । नेपाल सरकारले नेपाली जनतासँग सास फेरेको समेत पैसा लिन्छ । फिरीमा त यहाँ दिसा–पिसाव समेत गर्न पाईन्न । कठोरपाराले जनतासँग व्यवहार नेपाल सरकारले गर्छ । यहाँ सार्वनिक शौचालयको प्रसंग टड्कारो रुपमा आउँछ । शहर केन्द्रित भएर खुलेका असरल्ल पब्लिक ट्वाईलेट सँवन्धित ठाउँका पालिकाको अण्डरमा संचालित भएर त्यहाँ स्थित पालिकाले नीजि क्षेत्रलाई ठेक्कामा सशूल्कको गणना गर्दे दिएँको हुन्छ । यसमा पनि कमिशनको चक्कर हुन्छ ।
जहाँपनि कमिशनले जरा गाडेर हैरानी पारेको छ । यो सव मामला पैसा कमाउसँगै जोडिएँर आउँछ । जे गर तर पैसा कमाउ । यही पाराले आज हरकोही मान्छेमा स्वार्थले डेरा जमायो । मान्छे विहान उठेदेखी कसरी कहाँबाट पैसा आउँछ, यसकै चक्करमा पूरा भागदौडमै लाग्छ । पैसाको यो भाग दौडाईमा मानिस धेरै नै लोभीपापी भईसक्यो ।
मानिसमा मानवता हरायो । मानिस भित्रैवाट कमजोर त भयो नै साथमा आफ्नै शरीरमा धेरैथोक रोग पाल्यो । अतः मानिसमा कयौं किसिमका रोगले जोकोहीको शरीर थिलथिलो बनाईसकेको छ । अधिंकाश मानिसमा सानोतिनो विरामी छ । हामीले खाने खानामा मिसावट हुन्छ । खानेकूरामा ज्यादा खाँद, केमिकलको ज्यादा से ज्यादा मिश्रणले मानव स्वास्थ्यमा रोगको खानी निर्माणमा सघाउँ नै पुर्याईरहेको हुन्छ । यो सव त्यही पैसाकै कारण हो । यता पैसा उता पैसा जता पनि पैसाकै चर्चा हुन्छ ।
पहिला–पहिला चालिस उमेर लागेपछि मात्र घातक किसिमको दीर्घ रोगको शुरुवात हुन्थ्यो । त्योवेलाको खानपिन राम्र्रो हुन्थ्यो । मान्छे उत्तिसारो पैसाको लागि भागदौड गर्देनथियो । फलतः आम मान्छेको जीवन सरलसँगै स्वस्थ हुन्थ्यो । आजभोली अव्यवस्थित पाराको जीवनशैलीले मानिसमा भोक कम चिन्ता ज्यादा थपिदै गईरहेको छ ।
एलोपेथिक औषधीको भरमा मान्छेको जीवन जीवित छ । सामान्य रुघा, खोकी, ज्वरोले नै मान्छे थला पर्छ । मान्छे कमजोर प्राणी सावित हुदैछ । यो सव पैसाकै चक्करमा गतिलो खान्की खान नपाएर हो । हुनेखाने पनि पैसाकै लागि मरिमेट्ने कारण धेरैको खानपिन मिल्दैन । अनि जीवन विस्तारै धिक्कार भएर जान्छ ।
आखिर जति धेरै पैसाकै पछाडी भागेतापनि आफुले कमाएको पैसा आफ्नै लागि खर्च गर्न सकिदैन भने त्यो पैसा केवल कागजको खोस्टा भइँदिन्छ । तरपनि अन्तत पैसामै तागत हुन्छ ।