०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

चुनावको बेला गरेको बाचा पूरा गर्दे डा. शर्मा

Logo
प्रकाशित मंगलबार, मंसिर २७, २०७९

विराटनगर, मंसीर २७

नव निर्वाचित प्रतिनिधि सभा सदस्य डा।सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित राम आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका छन् । चुनावका बेला गरेको बाचा पुरा गर्दै डा।शर्माले आफु निर्वाचित भएपछि व्यक्तिगत रुपमा विद्यार्थीलाई सहयोग गर्नुका साथै विद्यालयका तीन वटा कक्षा कोठामा कार्पेट पनि बिच्छाइदिएका हुन् ।

सांसद शर्माले व्यक्तिगत तवरबाट विद्यार्थी र विद्यालयलाई करिब तीन लाख मूल्य बराबरको सहयोग प्रदान गरेको विद्यालयका प्रद्यानाध्यापक दिलकुमार श्रेष्ठले बताए । कक्षा ५ सम्म पढाई हुँदै आएको सो विद्यालयमा १६९ विद्यार्थी अध्ययनरत छन् । त्यहाँ अधिकांश दलित र जनजाति समुदायका विपन्न परिवारका विद्यार्थीहरु अध्ययन गर्ने गर्छन् । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुलाई डा।शर्माले एकसरो न्यानो कपडा, छ÷छ थान कपी र १०÷१० वटा कलम प्रदान गरेका हुन् । त्यस्तै, विद्यार्थीको पढाईमा सहजताका लागि बाल विकास केन्द्रको एउटा कोठा र कक्षा एकको दुई वटा कोठामा बाक्लो कार्पेट पनि बिच्छाइएको हो ।

सहयोग प्रदान गर्न विद्यालयमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सांसद शर्माका वुवाआमा लोकनाथ र होमादेवी न्यौपानेले छोराको तर्फबाट विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका छन् । चुनावको बाचा अनरुप विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको सांसद शर्माकी धर्मपत्नी एवं नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले बताइन् । शर्मा दम्पतीको बैवाहिक बर्षगाँठको अवसर पारेर सहयोग प्रदान गरिएको हो ।

डा।शर्माले चुनावका बेला गरेका बाचा भटाभट पुरा गर्दै गरिरहेका छन् । चुनावी बाचा अनरुप उनले आफु निर्वाचित भएको भोलिपल्टै नोबेल अस्पतालमा ५० शैयाको क्याविन चुनावी क्षेत्रका जनतालाई निःशुल्क प्रयोगका लागि छुट्याइदिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]