०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

उपभोग्य वस्तु र खानामा आकर्षण

Logo
प्रकाशित शनिबार, पुष ०२, २०७९

विराटनगर, पुस २
विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोको तेस्रो दिन उपभोग्य वस्तु र खानाका परिकारहरुमा अवलोकनकर्ताको आकर्षणको केन्द्र रहेको छ ।

पुस ६ गतेसम्म सञ्चालन हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा बजारभन्दा केही सस्तोमा उपभोग्य वस्तु पाइएको अवलोकनकर्ताहरुले बताएका छन् । उनीहरुले विगतको एक्स्पोभन्दा फरक ढंगको रुपमा यस पटक एक्स्पो रहेको बताएका हुन् । यसअघिका एक्स्पोमा सामान किन्ने र बेच्नेको मात्रै भीड रहन्थ्यो । तर, यस पटक फरक किसिमका स्टल रहेको पाइएको विराटनगर–७ का अनिष अर्यालले बताए ।

एक्स्पोमा बजारको भन्दा उपभोग्य वस्तु सस्तो रहेको बताउँदै, अनिष अर्यालले भने, ‘विगतमा एक्स्पो (मेला)मा सामान खरिद बिक्रीका साथै रोटेपिङलगायतका खेल्ने हुन्थ्यो । यस पटक त्यो बाहेक नयाँ किसिमका योजनाहरुको स्टल रहेको पाएँ ।’ यहाँ व्यापार व्यवसाय गर्नका लागि आवश्यक परामर्शलगायत अन्य नयाँ व्यापार व्यवसायको सम्भावनाको क्षेत्र बुझाउनका लागि छुट्टै स्टल रहेको अर्यालले बताए ।

एक्स्पो कस्तो रहेछ भनेर हेर्न आएको बताउँदै, इटहरीबाट आएकी सिर्जना पोखरेलले भनिन्, ‘यस अघि लाग्दै आएको एक्स्पो र अहिलेको एक्स्पोमा धेरै फरक रहेको भेटाएँ । हामी गृहणीहरुको मुख्य आकर्षण नै दैनिक उपभोग्य वस्तु हो । त्यो बजारभन्दा सस्तो छ कि छैन भन्ने नै हुन्छ । यहाँ रहेको उपभोग्य वस्तु र घरमा प्रयोग हुने वस्तु बजारको भन्दा केही सस्तो रहेको पाएँ ।’
त्यसैगरी, एक्स्पोमा रहेको विभिन्न किसिममा खानाका स्टल पनि अवलोकनकर्ताहरुको अर्को आकर्षण रहेको छ । यहाँ स्थानीय स्वादका खानाहरु रहेकाले पनि त्यसको आकर्षण रहेको हो ।

एक्स्पोमा स्टल अवलोकनका अलवा दैनिक किसिमका विभिन्न छुट्टै कार्यक्रम हुने गरेको छ । शनिबार प्रदेश १ मा लगानीका सम्भावना र अवसरहरु तथा क्षेत्रीय सञ्जाल–सम्बन्ध र व्यापारिक अवसरको विषयमा विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुति गरेका थिए । त्यसैगरी, आइतबार प्रदेशको पर्यटन क्षेत्रमा लगानी सम्भावनाका बहुआयामिक पक्ष, पर्यटन प्रवद्र्धन के गर्ने के नगर्ने, पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका, बदलिँदो राजनीति र खस्कँदो अर्थतन्त्रमा युवा नेतृत्वको भूमिका विषयमा सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुतिका साथै छलफल हुनेछ ।
दैनिक साँस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय गायकहरुको प्रस्तुति रहने छ । आइतबार मिस्टर डि ¥यापरको प्रस्तुति रहने छ । महानगरको विभिन्न स्थानबाट एक्स्पो आउन जानका लागि सटल बसको व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]