परशुराम गिरी
विराटनगर, पुष २४
इस्टर्न कलेज अफ इन्जिनियरिङ प्रदेश १मा विद्यार्थी र अभिभावको पहिलो रोजाइकाे कलेज बन्दै गएको छ । विद्यालय व्यवस्थापन टिमले शैक्षिक गुणस्तर सुधारकाे लागी गरेकाे याेगदानकाे कारण कलेज प्रदेशमा अब्बल बन्न पुगेकाे हाे ।
विराटनगर–२ मा रहेको साे कलेजमा गुणस्तरीय अव्वल दर्जाको पढाई हुने गरेको स्वंयम कलेजमा अध्ययनरत विधार्थीहरु दावी गर्छन् । जुन दावीमा वास्तवमै सत्यता छ । इन्जिनियरिङ पठनपाठनकाे सवलमा विधार्थीहरु र अभिभावकको पहिलाे रोजाइ इस्टर्न कलेज बन्दै गएकाे प्रिन्सिपल अमित सुरानाकाे भनाइ छ ।
यस विद्यालयले थियाेरीसँगै प्रयाेगात्मक शिक्षालाई समेत उच्च प्राथमिकता दिदै आएकाे छ। साथै अनुभवी दक्ष प्राध्यपकहरुवाट पठनपाठन हुने कारणले समेत यहाँको पढाई गुणस्तरीयतामा नं १ मानिन्छ । अनुशासित वातावरणमा पढाइको साथै अन्य अतिरिक्त क्रियाकलापका कारण इस्टर्न कलेज विधार्थी र अभिभावककको रोजाईको शैक्षिक गन्तव्य बन्न सफल भइरहेको छ ।