१९ चैत्र २०८१, बुधबार
02-04-2025 , Wed
Gold Silver Price (19 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 180200
Silver 1 Tola Nrs. 2050

भारतीय भोजपुरी कलाकार खेसारीलाल आउँदा, बर्जु महोत्सवमा जनताको टाउको फुट्यो, जिम्मेवार को…?

Logo
प्रकाशित बुधबार, माघ ०४, २०७९

निरज बस्नेत
बर्जु, माघ ४
बर्जु जुवाजन्य महोत्सवको अन्तिम दिन मंगलवार दर्जनौंको टाउँको फुटेको छ । भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव बर्जु महोत्सवमा आउँदा सो घटना हुन पुगेको हो ।

यसअघि पनि खेसारीलाल आउँने तयारी गर्दा ठूलो झडप भएको थियो । आयोजक समितिले विना तयारी हचुवाको भरमा यस्तो कार्यक्रम गर्दा अन्ततः नेपाली जनताकै टाउँको फुटेको छ ।

घाइतेको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । यसको प्रमुख जिम्मेवारी बर्जु ताल समितिका अध्यक्ष एवं महोत्सव समितिका समेत संयोजक रहेका श्रवण चौधरी मुख्य जिम्मेवार हुनुपर्दछ । चौधरीकी श्रीमती हाल बर्जु गाउँपालिकाकी उपाध्यक्ष हुन् । यसमा बर्जु गाउँपालिका पनि स्वभावत् मुछिएको देखिन्छ ।

गाउँमा यसअघि खेसारीलालकै कारण तेत्रो मानवीय क्षतिको साथमा करौडौंको जिन्सी सामानमा तोडफोडको घटना भएकै थियो । फेरी महोत्सवमा खेसारीलाई नै प्राथमिकता दिएर ल्याइनुलाई रहस्मय तवरले टिप्पणी गरिदैछ ।

भारतीय कलाकारलाई ज्यादा प्राथमिकतामा राखिनु अनि नेपाली कलाकारलाई वेवास्ता गरिने यो परिपाटीले समग्रतामा आम नेपाली कलाकारप्रतिको यो अपमान भएको देखिन्छ । त्यसमाथि आपत्ति त यस मानेमा छ की रु १६ लाख भारु रकम खर्चेर भारतीय कलाकारलाई प्रमोसन गर्नु त्यस्तो के नै जरुरी थियो र ? प्रश्न गम्भिर छ ।

यसमा आयोजक समितिका सवै दोषी छन् । अझ प्रमुख भएका नाताले श्रवण चौधरी त झन् बढी दोषी देखिन्छन् । यसका वावजूद गाउँपालिका अध्यक्ष जीवच्छ कुमार राय लगायत प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य समेत केही हदसम्म दोषी देखिन्नछन् ।

फेरी प्रहरीलाई बल प्रयोग गरी जनताको टाउँकोमा नै टाउँको फुट्ने गरी भर्कुनुपर्ने त्यस्तो के आपत् आईलाग्यो ?

अतः आगामी दिनमा यस्तो गल्ती फेरी नदोहोरियोस् । रु १०० भनिएको टिकटमा रु ५०० क्षणभरमै नबनाइयोस् । जसले जहाँबाट सकिन्छ, नेपाली जनता नै लुट्ने काम आगामी दिनमा बन्द गरियोस् । र, सिंगो गाउँपालिकाभित्र कहाँ कस्ता कार्यक्रम हुदै छन्, यसतर्फ गाउँपालिकाका नेतृत्वकर्ताहरुले समयमा नै ध्यान पुर्याउनु अत्यन्तै जरुरी हुन जान्छ ।

आम पब्लिकको त यसमा रत्तिभर गल्ती देखिदैन । गाउँमा महोत्सप लाग्यो । भारतबाट कलाकार आयो । बस् रमाइलो गर्न गएँ । रु १०० राखिएको टिकट दरलाई एक्कासी फाइदाको लागि मनग्गै आम्दानी गर्ने हिसावले रु ५०० टिकट राख्नु आयोजकको ठूलो भूल देखियो ।

साथमा बेलैमा समन्वयकारी भूमिका खेल्न तदारुकता देखाउँन नसक्नु गाउँपालिकाका नेतृत्वकर्ताको महाभूल समेत थपियो । परिणामतः जनताको टाउँको विनाकारण फुट्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१९ चैत । साथीलाई गोली लागेको विरोधमा कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। क्याम्पसमा बीबीएस तेस्रो बर्षमा अध्ययन गरिरहेकी विद्यार्थी रेविका खत्रीलाई गत चैत १५ गतेको आन्दोलनमा आफ्नै निवास नजिक गोली लागेको र अस्पतालको सघन उपचार कक्षमा उपाचार भइरहेको विद्यार्थीले बताएका छन्। उनको न्यायका लागि र दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलित […]

काठमाडौं १५ चैत ।  आज काठमाडौंमा एकसाथ गणतन्त्र पक्षधर र पूर्वराजा समर्थकले प्रदर्शन गर्ने भएका छन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको हो । देशमा प्रतिगामी तत्वहरुले टाउको उठाउन खोजेको भन्दै उनीहरु व्यवस्था जोगाउन र सरकारको गलत क्रियाकलापको खबरदारीका रुपमा सडकमा […]

विराटनगर, १२ चैत । मोरङ प्रहरीले विराटनगर यातायात कार्यालय अगाडि बिचौलियाको रूपमा काम गर्ने १२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीका अनुसार सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि यी व्यक्तिहरू पक्राउ गरिएका हुन्। पक्राउ परेकाहरूमा विराटनगर महानगरपालिका-३ का ४१ वर्षीय सञ्जीव कोइराला, सोही वडाका २४ वर्षीय राजेश खड्का, २५ वर्षीय […]