निरज बस्नेत
विराटनगर, माघ ११
आफैलाई आगो लगाएर आफैलाई मार्नुसम्मको यो हदसम्मको काम कुनैपनि व्यक्तिले त्यतिकै पटक्कै गर्देन । यसमा धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
इलाम जिल्ला सूर्योदय नगरपालिकाका प्रेम आचार्यले संसद भवन अगाडी मंगलवार आफ्नै शरीरमा आफैलाई आगो लगाएँ । उसलाई बचाउँन धेरैले प्रयास गरे । कतिले पानी छर्के । कतिले कपडा कै सहाराले आगो निभाउने कोशिश त गरे । जसले जति प्रयास गरे तापनि आचार्यको ८० प्रतिशत शरीर आगोले जलेर छोड्यो । उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल उपचारार्थ त लगियो । विडम्वना, आज विहान यिनको जीवनलीला समाप्त भयो ।
मर्नुअघि आचार्यले भावुक हुँदै ६ हजार ५ सय ५३ शब्द फेसबुकमा स्टाटस लेखेका थिँए । स्टाटस पढ्दा जो कोहीको आँखा रसाउँछ । मर्नुपर्ने बाध्यता राज्यकै कारण आइपरेको उक्त स्टाटसबाट क्लियर बुझ्न सकिन्छ ।
बैंकलाई यसमा उनले मुख्य दोषी मानेर टिप्पणी समेत गरेका छन् । शुरुमा कवोल गरिएको ५ प्रतिशत ब्याजलाई एकाएक १५ प्रतिशत पुर्याउने नेपालका बैंकहरु मान्छेलाई मर्न बाध्य पार्ने अर्को डरलाग्दो संस्था हो । आक्रोश पोख्दै निराशाका कयौं शब्दहरु उनले लेखेका छन् । विगतमा साझा विवेकशील पार्टीसँग आवद्द भएर आशाको दियो बल्छकी भन्ने पनि धेरै कोशिश पनि यिनले नगरेका होइनन् ।
तर, यस पार्टीको मूल नेतृत्वबाट समेत सिर्फ धोका सिवाय कहीकतै केही नमिलेपछि यिनको केही सिप त्यहाँनिर समेत चलेन । घरबाट काठमाडौं छिर्नुअघि विदेश जान्छु भनी हिडेका यिनले राजधानीमा धेरै ठक्कर धेरै जनाबाट खाएँ ।
राजनीतिको मूल नेतृत्वमा युवापुस्ता आएको प्रति समेत यिनलाई आशा चाही लागेको पनि छ । तथापी फोहरी राजनीतिको कुरुप चित्रले आज यिनलाई ३६ बर्षकै उमेरमा यो संसार सदाका लागि छोड्न बाध्य पार्यो ।
कस्तो मुलुक हाम्रो आज कस्तो बनाएँ । यही यस्तैको लागि नेपाली जनताले परिवर्तन ल्याएका हुन् त ? केही सिमित घरानियाको मुठ्ठीमा मेरो मुलुक आज कसिएको छ । म के नै गर्न सक्छु र ? मरेर जाँदा–जाँदा उनले भनेका छन् ।
म त मरेर जादैछु । मेरो जस्तै यो नियति कम्तिमा मेरो श्रीमती, छोरीहरुले भोग्नु नपरोस् । कसैले मलाई केही सहयोग गर्न सक्छ भने कृपया मेरो ऋण तिरीदिनुहोला, उनले भनेका छन् ।
मैलै गरेको यस्तै काम मेरो श्रीमतीलाई गर्न बाध्य नपारिदिनुहोला उनले भनेका छन् ।