निरज बस्नेत
विराटनगर, माघ ११
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्वन्धी विवादमा आजबाट सर्वोच्च अदालतमा अन्तिम सुनुवाई शुरु हुने भएको छ । निष्क्रिय नागरिकता प्रयोगमा ल्याएर चितवन–२ बाट रविले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका अनि निर्वाचित भएपछि उनलाई अयोग्य घोषित गर्न माग गर्दे सर्वोच्चमा रिट परेको थियो ।
सर्वोच्चको संवैधानिक इजलासमा सो रिटमा आजबाट अन्तिम सुनुवाई गर्ने र फैसला गर्ने गरी यो मुद्दालाई अग्राधिकार दिइएको थियो । चुनावभन्दा ४ महिनाअघि गठन गरेको रास्वपाबाट प्रतिनिधित्व गर्दे रविले चितवन–२ बाट चुनाव लडी अत्यधिक मत ल्याई चुनाव जितेका थिए ।
तत्पश्चात् स्वार्थ बाझिने गृहमन्त्री बनेका छन् । यता लामिछानेको नागरिकता विवाद झन् बढी उत्कर्षमा पुगेको छ । अदालतमा पुगेको यो विवाद रवि नेपाली हुन् की होइनन् भन्ने नै हो ।
रविले अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन प्रक्रिया पूरा नगरेकाले उनको नागरिकता कायम नरहने तर्क रिटमा गरिएको छ । यता रविले आफू अमेरिका जाँदा नेपाली नागरिकता नत्यागेका कारण आफू नेपाली नै भएको बताउँदै आएका छन् ।