विराटनगर, माघ १२
ऋणको प्रेसर थेग्न नसकेर विराटनगरका व्यापारी मोहन न्यौपानेले बुधवार आत्महत्या गरेका छन् । बैंककाे चर्को ब्याजी ऋणकाे प्रेसरले अत्महत्या गर्न पुगेको उनले मर्नुअघि लेखेको सुसाईट नोटबाट खुलेको छ ।
उनले नोटमा सांग्रीला बैंकबाट १ करोड ४५ लाख लिएको जिकिर गरेका छन् । त्यसैगरी किस्ताबाट पनि केही लाख रुपैयाँ लिएको न्यौपानेले नोटमा उल्लेख गरेका छन् ।
५७ वर्षिय न्यौपानेले विराटनगर ३ पोखरीयास्थित आफ्नै घरको बाथरुममा बुधबार घाँटीमा डोरीको पासो लगाएर आत्महत्या गरेका थिए ।
विराटनगरको शनि मन्दिर रोडमा न्यौपानेकाे शिखर इलेक्ट्रिक पसल छ । न्यौपाने इलेक्ट्रिक संघ मोरङका पूर्व अध्यक्ष हुन् । न्यौपानेको श्रीमती, १/१ छोरा र छोरी छन् ।