निरज बस्नेत
विर्तामोड, माघ १७
विर्तामोड स्थायी घर भएका वरिष्ठ समाजसेवी महेन्द्र बहादुर बस्नेत(निर्मल) आफु समाजसेवा गर्नकै लागि जन्मिएको बताउँछन् । निर्मल उपनामले सवैको प्रिय मान्छे बनेका उनी साच्चै नै मनका धनी छन् ।
विर्तामोडमा रहेर विर्तामोडमा त समाजसेवाको क्षेत्रमा अतुलनीय योगदान त दिएका छन् । यतिमा मात्र यिनको समाजसेवा पर्याप्त छैन । नेपालका धेरै ठाउँमा निर्मलले समाजसेवामा प्रसंसनीय काम गरेको गतिलो उदाहरण उनी निकटका उनका सहपाठीहरुले बताएका छन् । विर्तामोडस्थित नेपाली कांग्रेस पार्टी कार्यालय पछाडीपट्टी शान्ति समूह नेपाल नामक एक संस्था छ । यस संस्थाले कुलतमा फसेका मानिसहरुलाई पुर्नजीवन दिने काम गर्दछ । यहाँ आएका प्रायःजसो मान्छेहरु ठीक भएर घर फर्किने गरेका छन् ।
विगत लामो समयदेखी यो क्षेत्रमा निर्मलले भिजेर काम गर्दे आइरहेका छन् । निर्मलले यसका अलावा एभरयोङ क्लिनिकका माध्यमबाट समेत धेरै मानिसहरुलाई राम्रो बनाउँने समेत काम गरेका थिँए । यहाँ मान्छेको बुढ्यौंलीसँगै आएको अनुहारको चाउरीपना हट्ने किसिमको काम हुने गर्दथ्यो । यसमा चाँही यिनी अहिले छैनन् । चिमरीया थरका एक युवालाई जिम्मा दिएका छन् ।
धेरै युवालाई काम गरीखाने सत्मार्ग देखाई एक काविल मान्छे बनाएको पनि यिनी आज स्मरण गर्छन् । बढ्दो उमेरको यिनलाई रत्तिभर पनि चिन्ता छैन । उमेरको प्रसंग झिक्दा यिनी मज्जाले हाँस्दै अभी तो मे जवान हुँ, हाँसीहाँसी भन्छन् । सकारात्मक सोचाई सधै राख्दा हरेक काममा सफलता मिल्ने बताउँने यिनी आफु सफल हुनुमा टेन्सन नलिने र जो कोहीसाग मित्रवत् व्यवहार हाँसेर गर्ने बताउँछन् ।
निर्मल एक सफल व्यवसायी समेत हुन् । विर्तामोडमा यिनको राम्रो प्रोपर्टी छ । यिनलाई कसैलाई ढाँटेर कसैको फोकटको एक पैसा पनि खानु छैन । राजनीतिमा जानकार त छन् । यसमा दख्खल पनि राख्छन् । देश विदेशका हर खवर पत्तो पनि पाउँछन् । तरपनि राजनीति गर्ने रुचि चाँही छैन । देशको विग्रदो राजनीतिप्रति यिनलाई संझेर पनि दिक्क लाग्छ । अझैपनि केही विग्रीहालेको छैन । नेता सुध्रेमा यति राम्रो हाम्रो देशले पक्कै पनि सही दिशा एकदिन लिन्छ भन्नेमा निर्मल ढुक्क छन् । आज निर्मल धेरैको प्रेरणाको स्रोत हुनसकेका छन् । यो निर्मलभित्रको समाजसेवा हमेशा गरिराख्ने हुटहुटीकै प्रतिफल हो । बाचुन्जेल समाजकै लागि केही न केही प्रत्येक दिन गरेर नै मर्ने प्रण पनि गरेका छन् । निर्मलले समाजसेवा देखी बाहेक केही जानेको र नबुझेको बताउँछन् । यसमा निर्मलको परिवार समेतको सधैभरि यिनलाई साथ नै रह्यो । कारण यो बस्नेत परिवारका अन्य सदस्यमा समेत समाजसेवाकै जिन छ ।