१३ पुष २०८१, शनिबार
28-12-2024 , Sat

शनिबार ‘अभया एण्ड दि स्टिम इन्जिन’ को धमाकेदार प्रस्तुति

Logo
प्रकाशित शनिबार, माघ २१, २०७९

विराटनगर, माघ २१

रक म्यूजिकमा २० बर्ष समय खर्चिएकी अभया सुब्बा र उनको ब्याण्ड ‘दि स्टिम इन्जिन’ ले शनिबार सिएनआई कोसी एक्स्पोमा धमाकेदार प्रस्तुति दिने भएको छ ।
एक्स्पोको सन्ध्याकालिन सांगीतिक यात्रालाई ऐतिहाँसिक बनाउने उदेश्यका साथ नेपाल उद्योग परिसंघ प्रदेश १ ले उत्कृष्ट गीत संगीतको माहौल बनाइरहेको छ । अभयाले पनि विराटनगरमा शनिबार त्यहि माहौल बनाउँदैछिन् ।

उनले यसअघि नै भिडियो सन्देशबाट शनिबारको साँझ विराटनगरलाई ‘रकिङ’ बनाउने भनिसकेकी छन् ।
उनले गाएका तिम्रो लागि, लैजाउ मलाई र आज किन जस्ता गीत रक तथा पप म्यूजिक रुचाउने स्रोत तथा दर्शकका लागि अत्यन्तै लोकप्रिय रहेका छन् । अभयाको स्वर र सुरले वेष्टर्न रकको राम्रो स्वाद दिंदै आएको छ । त्यसमाथि उनले लिम्बु जातीको ख्यालीलाई मिसाउँदै गीत गाउँदा उनका समर्थकहरु मन्त्रमुग्ध हुने गरेका छन् । उनका धेरै गीतले युट्युबमा पनि सयौं मिलियन भ्यूज पाएका छन् ।
विराटनगर–२ शंकरपुर मार्गमा जारी रहेको सीएनआई एक्स्पोमा हरेक साँझ उत्कृष्ट गायक र ब्याण्डहरुले प्रस्तुति दिनेछन् ।
शनिबार नै स्थानीय ब्याण्डका रुपमा ‘डिल्ली फम्बो एण्ड दि ब्याण्ड’ ले पनि धेरै गीतहरु स्टेजमा प्रस्तुत गर्दैछ । गीत संगीत बाहेक डान्स ग्रुपहरुको प्रस्तुति पनि नियमित नै रहने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कटहरी, भदाै ८ । राजवंशी भाषामा बनेकाे “तोर सङे माया” म्यूजिक भिडियो शनिबार रिलिज भएकाे छ। आर आर म्यूजिक प्रोडक्शन युटूब च्यानलबाट साे म्यूजिक भिडियाे रिलिज गरिएकाे छ। यस भिडियोका मुख्य कलाकारहरू दिनेश राजवंशी र सुस्मीता पाण्डे हुन्। भिडियोलाई आकर्षक बनाउन मुलघाट, धनकुटा, भेजेटार लगायत ६० र ७२ बिघामा रहेको तरराहा सुनसरी जिल्लाको रमणीय स्थलमा […]

विराटनगर, साउन ४। आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताका विजेता तथा रनरअपहरूलाई बिहीबार विराटनगरमा विशेष सम्मान गरिएको छ। जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको कार्यक्रममा गत शनिबार धरानमा सम्पन्न प्रतियोगिताका उत्कृष्ट प्रतिभाहरूलाई सम्मानित गरिएको हो। सम्मानित हुनेहरूमा मिस कोशी २०२४ की विजेता सुनसरी इटहरीकी १९ वर्षीया शुभलक्ष्मी राई, फस्ट रनरअप धरानकी निशा हाङ्मा लिम्बु, सेकेण्ड […]

विराटनगर,२३ असार । विराटनगरमा ‘निदान’ चलचित्रको प्रदर्शन गरिएको छ । सुजल कोइरालाले यो चलचित्र निर्माण गरेका हुन् । कोइरालाले १७ वर्षको उमेरमा यो चलचित्र बनाएका हुन् । चलचित्रमा विद्यमान राजनीति र जनताको भावना अनुरुपका विकास नभएको भन्दै व्याङ्ग्यात्मक टिप्पणी गरिएको छ । शनिबार विराटनगरमा एक कार्यक्रममा बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले चलचित्र प्रदर्शनको सुभारम्भ […]