१४ बैशाख २०८२, आइतबार
27-04-2025 , Sun
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

रास्वपा सरकारबाट बाहिरियो

Logo
प्रकाशित आइतबार, माघ २२, २०७९

निरज बस्नेत
काठमाडौं, माघ २२
राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ ।

रास्वपाका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नपाएपछि अन्ततः यो पार्टी सरकारबाट बाहिरिएको छ । तर, सरकारलाई दिएको समर्थन भने यथावत् राखेको छ ।

अव रास्वपाले सम्हालेको मन्त्रालय तत्कालको लागि प्रधानमन्त्री प्रचण्डले सम्हाल्नेछन् । नागरिकता विवादमा सर्वोच्चको संवैधानिक इजलासले लामिछानेको गृहमन्त्री चट पार्देको थियो ।

जसअनुसार रविको सांसद पद समेत गुमेको हो । चितवन २ बाट विजयी भएका रविको सांसद पद गुमेसँगै यहाँ अव उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाइसकेको छ ।

अव उपनिर्वाचनमा फेरी चुनाव जित्ने रविको ठोकुवा छ । र, चुनाव जितेर मात्र कुनैपनि पद लिने लामिछाने बताउँछन् । ६ महिनामै राम्रो उपलब्धि हासिल गरेको रास्वपा एकाएक पार्टी सभापति रविकै कारण फेरी एकाएक विवादित पनि हुन पुग्यो ।

रविले गिरेको आफ्नो छविलाई सुधार्नु बहुत कठिन हुनसक्छ । रविको दोहोरो राहदानी विवाद यतिवेला झन् शंकाको घेरामा छ । र, यो राहदानी विवादमा अदालतमा प्रवेश गरिसकेको छ ।

रास्वपाको भविष्य पार्टी सभापति रविकै वरिपरी भएकै कारण यो पार्टी को भविष्य के हुन्छ, यसै भनिहाल्न चाहीँ सकिन्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]