०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

उर्लावारीको शान, मान, गौरव, यो हो उर्लावारी प्रादेशिक महोत्सव २०७९, जसअन्र्तगत विहीवारको माहौल पूरै सांगितिकमय बन्दै…

Logo
प्रकाशित बिहिबार, माघ २६, २०७९

निरज बस्नेत
उर्लावारी, माघ २६
पूर्वको उर्लावारी प्रादेशिक महोत्सव २०७९ अन्र्तगत विहीवारको साँझ माहौल पूरै सांगितिकमय बन्ने भएको महोत्सव संयोजक भरत भट्टराई बताउँछन् । भट्टराइका अनुसार आजको महोत्सवमा, चर्चित गायिका अस्मिता अधिकारीको प्रस्तुती रहनेछ । अधिकारीको सुमधुर आवाजले आजको महोत्सवको वातावरण रंगिन बन्ने पक्का छ ।

अधिकारीसँगै विहीवार महोत्सवमा प्रताप दास तथा रमेश श्रेष्ठको समेत प्रस्तुती रहनेछ । साथमा इलामको प्रार्थना ब्याण्डको प्रस्तुतीले महोत्सवलाई राम्रै तताउँने निश्चित भएको उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर बहादुर भण्डारी बताउँछन् ।

यो सँगै महोत्सवमा विहीवार रोयल भाइव्सको आकर्षक नृत्यले समेत सवैको मन जित्ने उर्लावारी उद्योग वाणिज्य संघका महासचिव हेमराज गुरुङ बताउँछन् । महोत्सवमा नेपाल लगायत, भारत, पाकिस्तान, बंगलादेशको स्टलहरु समेत गरी कूल १७० स्टलहरु रहेको आयोजकले जनाएको छ । महोत्सवमा अन्तसम्ममा २ लाख बढी आगन्तुक आउँने समेत दावी गरिएको छ ।

उर्लावारीको शान, मान, गौरव, यो हो उर्लावारी महोत्सव २०७९, जसअन्र्तगत विहीवारको माहौंल पूरै सांगितिकमय हुने निश्चित छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]