०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

बेनाम प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट धरान एक्स्पोको समुद्घाटन हुदै…

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०९, २०७९

निरज बस्नेत
धरान, सुनसरी, फागुन ९
सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा उत्तरको सुन्दर नगरी धरानमा धरान एक्स्पो २०७९ हुदैछ । सो कुराको जानकारी धरान उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले दिएका छन् । एक्स्पोको समुद्घाटन बेनाम प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने संघका महासचिव महेन्द्र प्रधानले बताएका छन् । समुद्घाटन यही ११ फागुनमा धरान रंगशालामा हुने कार्यक्रम रहेको संघका कोषाध्यक्ष प्रभाव खतिवडाले जानकारी गराएँ ।
धरान एक्स्पोका मूल संयोजक गोपाल श्रेष्ठका अनुसार प्रायोजकमा टूबोर्ग वियर, एसपिएल, निक, हूण्डाई, त्रिवेणी–लक्ष्मी, सेन्चुरी, एति फ्लोरिङ रहेका छन् । एक्स्पो सपोर्टेडमा एनटीसि, बाग्मती ग्रुप, राष्ट्रिय वाणिज्य बैंक, पिएलओ, खुकुरी रम, डिभाइन वाइन, सगरमाथा इन्स्योरेन्स, मारुती सिमेन्ट, आरती स्टिल, नेविल बैंक, एनएमवी बैंक, रमपम, सिटीजन्स बैंक रहेको कुरा संघका वरिष्ठ सल्लाहकार राजकुमार राई बताउँछन् ।
धरान एक्स्पोको प्रर्वधकमा धरान उपमहानगरपालिका, जिसस सुनसरी, नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, सामाजिक मन्त्रालय प्रदेश १, उद्योग कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पर्यटन वन तथा वातावरण मन्त्रालय, बराहक्षेत्र नगरपालिका, साँगुरीगढी गाउँपालिका, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, अर्जुनधारा नगरपालिका, नेपाल पर्यटन बोर्ड, दुहवी नगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ समेत रहेको एक्स्पो संयोजक गोपाल श्रेष्ठले जनाएका छन् ।
महोत्सव यही ११ फागुनमा शुरु भएर २० फागुनमा समापन हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]