३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
Gold Silver Price (28 Fagun 2081, THU)
Fine Gold 1 Tola NRs. 171000
Silver 1 Tola Nrs. 2015

विर्तामोडमा पेट्रोल छर्केर आत्मदाहको प्रयास…

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०९, २०७९

निरज बस्नेत
विर्तामोड, फागुन ९
झापाको विर्तामोडमा एक युवकले आफैलाई पेट्रोल छर्की आत्मदाहको प्रयास गरेका छन् । प्राप्त जानकारी उनी विर्तामोड ७ निवासी बर्ष २८ का विजय चौंधरी हुन् ।

उनले विर्तामोडको व्यस्त मुक्ति चोकमा आफ्नो शरीरमा आफैलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेका हुन् । घाइते भएका चौंधरीको अहिले विर्तामोडस्थित वि. एण्ड. सी अस्पतालमा उपचार भइरहेको ।

के–कति कारणले उक्त युवकले आत्मदाहको प्रयास गरेका थिँए, कारण खुल्न बाँकी रहेको विर्तामोड प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, फगुन २९ । विराटनगर स्थित पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने भएको छ । भारतको हैदरावाद बाट श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजीको विशेष आतिथ्यतामा यो यज्ञ हुन लागेको हो । बिहिबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा यही चैत्र १ देखि ५ गतेसम्म यज्ञ हुन लागेको जानकारी दिइयो । मन्दिर […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]

विराटनगर, फागुन २८। खानेपानी संस्थान विराटनगरबाट वितरित पानीमा लेदो र धमिलोपन देखिएपछि विराटनगर-४ का स्थानीयवासीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरी प्रदर्शन गरेका छन्। विराेधका लागी स्थानीयहरुले लेदोयुक्त पानी बोकेरै वडा कार्यालय अगाडि प्रदर्शन गरेका थिए। स्थानीयहरूले वडाध्यक्ष, मेयर र खानेपानी संस्थानका प्रमुखहरूलाई यही पानी पिउन लगाउनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए।  स्थानीय अगुवा त्रिलोचन गौतमका […]