०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

केटीएम सिटीको विन्टर सेल अफर शुरु

Logo
प्रकाशित बुधबार, चैत्र १५, २०७९

विराटनगर, चैत १५ 

केटीएम सिटीले विन्टर सेल अफर सार्वजनिक गरेको छ । आफ्ना ग्राहक वर्गलाई लक्षित गर्दै केटीएम सिटीले अधिकतम ९ सय ९० रुपैयाँमा जाडो तथा गर्मीका लुगाहरुको सेल अफर बजारमा ल्याएको छ ।

केटीएम सिटीका सबै आउटलेटहरुमा ९ सय ९० रुपैयाँसम्मका लुगाहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथसाथै यो अफर केटीएम सिटीको आधिकारिक वेबसाइट तथा मोबाइल एपबाट पनि सजिलै अडर गर्न सकिनेछ । सेल अफर अप्रिल ६ सम्म चल्नेछ ।

विन्टर अफर काठमाडौं उपत्यका भित्र र बाहिरका सबै आउट लेटहरुमा लागु हुनेछ । नेपाली ब्राण्ड केटीएम सिटीले आम सर्वसाधारणलाई लक्षित गर्दै सर्वसुलभ मुल्यमा गुणस्तरीय लुगाहरु उपलब्ध गराउँदै आएको छ । नेपाली ब्राण्डलाई अन्तराष्ट्रिय जगतमा पुर्याउने उद्धेश्य सहित केटीएम सिटीले भारतका विभिन्न शहर सहित क्यानडामा समेत आउट लेट विस्तार गरेको छ ।

कम्पनीले काठमाडौं उपत्यका सहित देशभर शाखा विस्तारलाई आक्रमक ढङ्गले अघि बढाईरहेको छ । देशभरका सबै आउटलेटमा केटीएम सिटी ब्राण्डका पछिल्ला उत्पादन सर्वसुलभ मुल्यमा प्राप्त गर्न सकिने कम्पनीको भनाई छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]