०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

वित्तीय साक्षरता विषयक अन्तरक्रिया सम्पन्न

Logo
प्रकाशित बिहिबार, चैत्र १६, २०७९

विराटनगर, चैत्र १६
उद्योग संगठन मोरङ महिला उद्यम समिति र अमेरिकन कर्नर विराटनगरले महिला उद्यमी र व्यवसायीहरुका लागि वित्तीय साक्षरता सम्वन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

महिला उद्यम समितिको संयोजक प्रतिभा रिजालले वित्तीय साक्ष्ँरताले महिला उद्यमी व्यवसायीहरुलाई उपयुक्त निर्णय लिन सक्षम वनाउने कुरालाई मध्यनजर गरी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको वताईन । उनले महिला उद्यमी व्यवसायीहरुको वित्तीय क्ष्ँेत्रमा पहुच वढाउन साक्षरता अभियानले उत्प्रेरकको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

वैकर्स शर्मिला होमागाईले वित्तीय लक्ष्य निर्धारण, ऋणको सदुपयोग, खर्च गर्दा अपनाउनु पर्ने सतर्कता, जोखिम वहन क्षमता लगायतका विषयमा प्रकाश पार्दै वित्तीय संस्थाले महिला उद्यमी व्यवसायीहरुको सुविधाका लागि गरेको व्यवस्थाका वारेमा वताईन् । उनले कुनैपनि क्षेत्रमा लगानी गर्नुअघि महिला उद्यमी व्यवसायीलाई वित्तीय लक्ष्य निर्धारण अनुरोध गर्दै त्यसबाट आईपर्ने सहजता र चूनौतिलाई पूर्वानुमान गर्न आग्रह गरिन ।

वैकर्स समिर श्रेष्ठले प्रविधिका कारण डिजीटल वैंकिङमा सर्वसाधारणको आकर्षण वढदो क्रममा रहेकाले मानिसहरुलाई सेवा उपभोग गर्न वैकसम्म धाउनुपर्ने वाध्यतामा कमी आएको वताए । उनले महिला उद्यमी व्यवसायीहरुलाई डिजीटल वैंकिङ प्रणाली प्रति अभ्यस्त हुन अनुरोध गर्दै वित्तीय संस्थाले डिजीटल वैंकिङका माध्यमबाट उपलब्ध गराउदै आएका सेवाहरुका विषयमा जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशकी निवर्तमान अध्यक्ष सरु केसीले महिला उद्यमी व्यवसायीलाई वढावा दिदा राज्य प्रणाली प्रति सकारात्मक सन्देश गई आर्थिक विकासमा सहयोगी सिद्ध हुने वताउदै महिलाहरुलाई आफुमा निहित सिपलाई उद्यमशिलता विकासमा रुपान्तरण गर्न आग्रह गरिन् ।

कार्यक्रममा उद्योग संगठन मोरङ महिला उद्यम समितिका सदस्यहरु, महिला उद्यमीहरु व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]