१४ बैशाख २०८२, आइतबार
27-04-2025 , Sun
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

कश्मीर मामिलामा पाकिस्तानले माग्यो नेपालको सहयोग

नेपाल-पाकिस्तान विदेशमन्त्री बिच वानु टु वान फोनवार्ता
Logo
प्रकाशित शनिबार, भाद्र ०७, २०७६

काठमाडौं, भाद्र ७

पाकिस्तानले कश्मीर मामिलामा नेपालसँग सहयोग मागेको छ।

भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर काठमाडौंमा अयोजित दुईदिने नेपाल भारत संयुक्त आयोगको बैठक सकेर बिहिबार भारत फर्किए लगतै पकिस्तानबाट नेपालको परराष्ट्रमा फोन आएको थियो ।
फोनमा पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग वान टु वान वार्ता गरेका थिए । फोनवार्तामा कुरैशीले कश्मीरको पछिल्लो अवस्थाको जानकारी गराउँदै नेपालले आफ्नो भुमिका विचार गरोस् भनेका थिए ।
पाकिस्तानले भुमिका विचार गरोस् भन्दै घुमौरो भाषामा कश्मिर मामलामा पाकिस्ताननै सहि भएको बताउदै नेपाललाई पनि पाकिस्तानकै पक्षमा रहेन भनेको थियो ।
जवाफमा नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले भारत पाकिस्तानबिच भईरहेको युद्धलाई तत्काल अन्त्य गरी वार्ताको मध्यमबाट समस्याको समाधान निकालिनु पर्ने सुझाएका थिए ।
कश्मीरमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउदै नेपाल सधैभरि क्षेत्रीय शान्ति तथा स्थिरताको पक्षमा रहेको ज्ञवालीले कुरैशीलाई जाफव दिएका थिए ।
यसअघि भारतियले पनि कश्मिरबारे नेपाललाई आफ्नो धारणा बताएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]