०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

“लोभयाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ” : पुर्व राजा

Logo
प्रकाशित सोमबार, चैत्र २०, २०७९

चित्र उल्थाकारस् निरज बस्नेत, चैत २०
पुर्व राजाले सुनसरीको इनरुवामा गरेको सम्बोधन जस्ताको तस्तै  :

उपस्थित दिदिबहिनी तथा दाजुभाइहरु ,
सुनसरी जिल्लाको यो सुन्दर नगरी इनरुवामा भेला भएर तपाईंहरुले रास्ट्रको हित चिन्तन गर्दै र आजका जनआकान्शा तथा आवश्यकताहरुलाइ औलाएर जुन प्रकारको अभिनन्दन भाव प्रकट गर्नुभएको छ, त्यसप्रति म कृतज्ञता व्यक्त गर्दछु ।

सदासर्बदा स्वधिन रहेको र आफ्नै मौलिक मान्यता भित्र स्वाभिमानपुर्बक आधुनिकता तर्फ लागेको हाम्रो नेपाल हामीलाई धेरै राम्रो लाग्छ । रास्ट्रको यहि गौरव गाथा र रास्ट्रप्रतिको त्यही अघात प्रेम फेरि एकपटक यहाँ प्रकट भएको छ । तपाईंहरुले दर्साउनुभएको यस्तो देशभक्ती हामीले ह्दय देखि सम्मान गर्छौ । आफ्नो देशलाई माया गरेर आफ्नो देशको अवस्थालाई बुझेर तपाईंहरु बाट जसप्रकारको चिन्ता चासो र चिन्तन प्रस्तुत भएको छ । त्यसमा मेरो गहिरो ध्यान पुगेको छ ।

स्थिरता र स्थायित्व सहित राज्य पद्धति शान्ति एवं अनुसासन बिना हुन सक्दैन । कसैलाई धन , कसैलाई मन , कसैलाई पद र कसैलाई कद दिएर लोभयाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कुरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिदैन । निस्चय पनि हामीले राष्ट्रियता र राष्ट्रिय एकताको रक्षा गर्नु छ । निस्चय पनि हामीले हाम्रो राष्ट्रिय स्वाभिमान अखण्डता तथा सार्भौमिक स्वतन्त्रता जोगाउनु छ र निस्चय पनि हामीले शान्ति सुब्यब्यवस्था र सुशासनका माध्यम बाट चौतर्फी बिकासको बाटो लाग्नु छ ।

रास्ट्र नै हाम्रो आफ्नो ब्रह् हो । आफ्ना भु भागका जनता नै हाम्रा विद्याता हुन् । अनि यहि प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अह धर्म हो । त्यसैले ब्यक्ती , परिवार , समूह , दल वा गुट उपगुटमा अल्झेर होईन अब हामिले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्द्छ । तपाईंहरु जस्तै सबैमा यस्तै राष्ट्रिय दृस्ठिकोण जाग्रत हुँदै जाओस् ।
धन्यवाद ।
जय नेपाल ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]