०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

प्रबल जनसेवाश्री पदकबाट विराटनगरका भट्टराई र घिमिरे विभुषित

Logo
प्रकाशित आइतबार, बैशाख ०३, २०८०

निरज बस्नेत
विराटनगर, वैशाख ३

विराटनगरका दुई दिग्गज व्यक्तित्व प्रबल जनसेवा श्री पदकबाट विभुषित भएका छन् । विभुषित हुनेमा उद्याेगी भिम घिमिरे र प्र.अ. खेम भट्टराई रहेका छन् । घिमिरे उद्याेगीकाे साथै एक चिरपरिचित समाजसेवी पनि हुन् । उनी उद्याेग परिस‌ंघ नेपाल, काेशी प्रदेशका बाहलवाला अध्यक्ष समेत हुन् । त्यसै गरी अर्का व्यक्तित्व भट्टराई विराटनगरकाे श्री पोखरीया माविका प्र.अ. हुन् ।

दुवै जनालाई नयाँ वर्षकाे अवसर पारेर वैशाख १ गते राष्ट्रपति भवन, काठमाडाैंमा राष्ट्रपति रामचन्द्र पाैडेलले पदक सहित विभुषित गरेका हुन् । घिमिरे सुप्रबल जनसेवा श्री पदकबाट विभुषित भएका हुन् भने प्र.अ. भट्टराई प्रबल जनसेवा श्री पदकबाट विभुषित भएका हुन्  ।

उद्याेगी एवं समाजसेवी घिमिरे कयाैं राष्ट्रिय तथा अन्तराष्ट्रिय समाजिक संघसस्थामा दशकाै‌ंदेखि आवद्ध रहि मानव सेवामा समर्पित छन् । उनी लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ नेपाल का पूर्व गभर्नर एव‌ं टंकी जेसिजका सन्स्थापक अध्यक्ष समेत हुन् ।

त्यसैगरी प्र.अ. भट्टराईले सामुदायिक विद्यालयकाे गुणस्तर वृद्धिमा ठुलाे याेगदान पुर्याएका छन् । उनले नै पहिलाे पल्ट विराटनगरमा सरकारी विद्यालयमा अग्रेजी माध्यमकाे पठनपाठन शरुवात गरी सामुदायिक विद्यालयप्रति हेर्ने समाजकाे दृष्टीकाेण परिपवर्तन गरेका थिए । हाल उनी प्र.अ. रहेकाे श्री पोखरीया माविमा ३३ सय भन्दा बढी विद्यार्थी अध्ययनरत्त छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]