१४ बैशाख २०८२, आइतबार
27-04-2025 , Sun
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

चितवन २ मा रवि लामिछानेले उपनिर्वाचन जित्ने उच्च संभावना

Logo
प्रकाशित सोमबार, बैशाख ११, २०८०

निरज बस्नेत
भरतपुर, चितवन, बैशाख ११
देशका ३ क्षेत्रमा यतिवेला कसले बाजी मार्छ ? यसमा सवैको ध्यान आकृष्ट भइरहेको देखिन्छ । तरपनि चितवन २ ले चाँही धेरैको ध्यान अझ बढ्ता तानिरहेको छ ।

रवि लामिछानेको उम्मेदवारीकै कारण बढि मात्रामा यो ठाउँ चर्चाको शिखरमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेप्रति यहाँ धेरैको भरोसा रहेको पाइन्छ ।

चितवनमा आइतवार सम्पन्न चुनावमा ६० प्रतिशतको हाराहारीमा मत खसेको निर्वाचन आयोगले जनाएको छ । यो प्रतिशत गएको मंसीर ४ को भन्दा केही कम प्रतिशत हो । तथापि जनताको उत्साहजनक उपस्थिती रहेकै पाइयो । अझ रवि रवि क्रेजले त पूरै चितवननै तताएको छ । आइतवारनै मतगणना शुरुहुने बताइरहँदा कांग्रेसकै कारण मतगणनामा ढिलाई भइरहेको देखिएको छ ।

यहाँका कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठको दावी के रह्यो भन्दा रास्वपाले जालझेल गर्यो । मौन अवधिमा ८ वटा गाडी रविले प्रयोग गरे । यत्तिमा मात्र उनको रविप्रतिको आरोप होइन ।

चुनावताका रविले मतदान केन्द्रमा मान्छेहरु हुलका हूल लगि हूलहुज्जत गरेको आरोप समेत लगाइएको छ । जवसम्म यसमाथि छानविन हुदैन , तवसम्म मतगणना अगाडी नबढ्ने जितनारायण बताउँछन् । यत्ता रविका समर्थक कांग्रेसीको यो मिथ्या आरोपप्रति रत्तिभर पनि विश्वास गर्ने मनसायमा छैनन् ।

र, यथासक्य मतगणना शुरु नगरे सशक्त प्रतिकार गर्ने समाचारहरु आइरहेका छन् । यसमा आफ्ना समर्थकहरुलाई रविले विन्ती गर्दे अहिलेसम्म आफ्ना समर्थकलाई शान्त पारिरहेका छन् । यो समाचार लेखिरहँदा मतगणना चितवन २ मा शुरु हुनसकेको छैन ।

चितवन २ का धेरै मतदाताको दावी रहँदै आएको छ की फेरी पनि जित रविकै निश्चित छ । बाँकी त अन्तिम नतिजाले नै थाहा भइहाल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]