०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

बलियामा ‘सेफ्स बर्गर’ को नयाँ रेष्टुरेन्ट सञ्चालन

Logo
प्रकाशित शुक्रबार, बैशाख १५, २०८०

सुनसरी, वैशाख १५
मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित बलियामा ’सेफ्स बर्गर’ ले आफनो आठौ शाखा सञ्चालनमा ल्याएको छ ।

काठमाडौं र ललितपुरमा ७ वटा शाखा सञ्चालनमा ल्याइसकेको ‘सेफ्स बर्गर’ले पहिलो पटक उपत्यका बाहिर मोरङको सुन्दरहरैचा स्थित बलियामा आफनो आठौ रेष्टुरेन्ट शाखा सञ्चालनमा ल्याएको हो ।

सेफ्स बर्गर’ का सञ्चालक महेन्द्र तामाङले सुनसरीको ईटहरी र मोरङको सुन्दरहरैचामा बढ्दो व्यापारिक र पर्यटकीय गतिविधिलाई मध्यनजर गर्दै आठौ आउटलेट सञ्चालनमा ल्याएको बताए । उनले चाँडै धरान, दमक, इटहरी, विराटनगरमा पनि शाखा विस्तार गर्ने योजना रहेको सुनाए ।

सेफ्स बर्गर बैदेशिक रोजगारमा गएर होटल व्यावसायको शिप सिकेर आफनै देश फर्केका नेपाली युवा( सेफ) हरुले स्थापना गरेको खाद्य परिकार बिक्रि गर्ने रेष्टुरेन्ट कम्पनी हो । दुबईमा रहेको पाँचतारे होटल जुमेरा टावरमा १५ बर्ष भन्दा बढि सेवा गरेका नेपाली युवाहरु संखुवासभा धर्मदेवी नगरपालिका–८ का तीर्थराज कटवाल, सिन्धुपाल्चोक साँगाचोक गढीका महेन्द्रमान तामाङ र सुरज तामाङस्वदेश फर्केपछि २०७५ सालदेखी चेन ब्राण्ड रेष्टरेन्ट सेफ्स बर्गर स्थापना गरेर देशभरि विस्तार गर्ने अभियानमा लागेका हुन् ।

अमेरिकन येल्लो बर्गर चिज र झुरुमझूरुम स्वादको ‘थिन एन्ड क्रस्टी’ पिज्जाको परिकार सेफ्स बर्गरका विशेषता हुन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]