०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

विराटनगरका डाक्टर सुजनको घरमा एक नर्स मृत भेटिइन् ..

Logo
निरज बस्नेत प्रकाशित आइतबार, बैशाख १७, २०८०

निरज बस्नेत
विराटनगर, वैशाख १७

वीर हस्पिटल काठमाडौंमा कार्यरत एक स्टाफ नर्स डा. सुजन ढकालको घरमा मृत भेटिएकी छिन् । काठमाडौं बोहोराटारस्थित डा. सुजनको घरको एक कोठामा २९ बर्षकी नर्स अनुमापिया श्रेष्ठको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त घर विराटनगरस्थित कोशी अस्पतालका डा. सुजनको भएको प्रहरीले बताएको छ ।

श्रेष्ठ शनिवार ४ बजे दिउँसो उक्त घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

यससम्वन्धमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठ किन र कसरी ढकालको घरमा पुगिन् भन्ने अनुशन्धान हुदै छ, प्रहरी स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]