१७ चैत्र २०८१, सोमबार
31-03-2025 , Mon
Gold Silver Price (15 chaitra 2081, FRI)
Fine Gold 1 Tola NRs. 176700
Silver 1 Tola Nrs. 2055

नरेन्द्र र रेखा बने विराट–बर्जु हाफ म्याराथन विजेता

Logo
निरज बस्नेत प्रकाशित शनिबार, जेठ ०६, २०८०

विराटनगर 
कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित ‘विराट–बर्जु हाफ म्याराथन’ प्रतियोगितामा  नरेन्द्र सिंह रावल  र रेखा विष्ट प्रथम बनेका छन् । नेपाली सेनाबाट प्रतिनिधत्व गरेका सि‌ंहले पुरषतर्फ २३ किलोमिटर र नेपाल प्रहरीबाट प्रतिनिधत्व गरेकी विष्टले महिलातर्फको ५ किलोमिटर दाैडमा प्रमथ बनेका हुन् ।

सिंहले विराटनगरको विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पार गरेका थिए । त्यस्तै विष्टले ५ किलाेमिटरकाे निर्धारित दुरी १९ मिनेट ४ सेकेण्डमा पार गरेकी थिइन् ।

 

पुरुषतर्फ (१०१ जना सहभागी)

प्रथम – नरेन्द्र सिंह रावल – नेपाली सेना – १ घण्टा १७ मिनेट २८ सेकेण्ड – रु १ लाख नगद पुरस्कार

दोस्रो – सुशील कुमार शाही – नेपाली सेना – १ घण्टा १८ मिनेट – रु ७५ हजार नगद पुरस्कार

तेस्रो – मोहनदेव जोशी – वैतडी – १ घण्टा १८ मिनेट ३३ सेकेण्ड – रु ५० हजार रुपैयाँ नगद पुरस्कार

चौथो – होमलाल श्रेष्ठ – नेपाली सेना  – १ घण्टा १९ मिनेट ३९ सेकेण्ड – रु १५ हजार नगद पुरस्कार

पाँचौं – श्रीकाश राई – नेपाली सेना – १ घण्टा १९ मिनेट ५१ सेकेण्ड – रु १५ हजार नगद पुरस्कार

छैटौं – किरण सिंह बोगटी – सशस्त्र प्रहरी – १ घण्टा २० मिनेट ५ सेकेण्ड – रु १५ हजार नगद पुरस्कार

महिलातर्फ (२९ जना सहभागी)

प्रथम – रेखा विष्ट – नेपाल प्रहरी – १९ मिनेट ४ सेकेण्ड – रु २५ हजार नगद पुरस्कार

दोस्रो – सिमा थारु चौधरी – सशस्त्र प्रहरी – १९ मिनेट ११ सेकेण्ड – रु २० हजार नगद पुरस्कार

तेस्रो – तिर्सना कुमाल – नेपाल प्रहरी – १९ मिनेट ३५ सेकेण्ड – रु १५ हजार नगद पुरस्कार

चौथो – अंशु मण्डल – विराटनगर –  २० मिनेट १६ सेकेण्ड

पाँचौं – श्रीकाश राई – नेपाली सेना – १ घण्टा १९ मिनेट ५१ सेकेण्ड

छैटौं – किरण सिंह बोगटी – सशस्त्र प्रहरी – १ घण्टा २० मिनेट ५ सेकेण्ड

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १५ चैत ।  आज काठमाडौंमा एकसाथ गणतन्त्र पक्षधर र पूर्वराजा समर्थकले प्रदर्शन गर्ने भएका छन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको हो । देशमा प्रतिगामी तत्वहरुले टाउको उठाउन खोजेको भन्दै उनीहरु व्यवस्था जोगाउन र सरकारको गलत क्रियाकलापको खबरदारीका रुपमा सडकमा […]

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, १२ चैत । मोरङ प्रहरीले विराटनगर यातायात कार्यालय अगाडि बिचौलियाको रूपमा काम गर्ने १२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीका अनुसार सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि यी व्यक्तिहरू पक्राउ गरिएका हुन्। पक्राउ परेकाहरूमा विराटनगर महानगरपालिका-३ का ४१ वर्षीय सञ्जीव कोइराला, सोही वडाका २४ वर्षीय राजेश खड्का, २५ वर्षीय […]