०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

लायन्स क्लवको आयोजनामा तनाव मुक्तिको विज्ञान कार्यक्रम हुने

विराटनगरमा विहीवार(भोली) तनाव मुक्तिको विज्ञान कार्यक्रम हुदैछ ।
Logo
निरज बस्नेत प्रकाशित बुधबार, जेठ १०, २०८०

विराटनगर, जेठ १०
विराटनगरमा विहीवार(भोली) तनाव मुक्तिको विज्ञान कार्यक्रम हुदैछ । उक्त कार्यक्रम लायन्स क्लव अफ विराटनगरको आयोजनामा हुन लाग्दैछ । सो कुराको जानकारी लायन विजय सुरानाले दिएँ । उनै सुरानाका अनुसार यस कार्यक्रममा सवैलाई प्रेमपूर्ण निमन्त्रणा पठाइएको छ ।

परम श्रद्देय भानु गुरुदेवको सान्निध्यमा हुन गइरहेको तनाव मुक्ति कार्यक्रबाट धेरैले लाभ उठाउन सक्नेछन् । साथमा श्रद्देय गुरुदेव रमेशको पनि उपस्थिती रहनेछ । विराटनगर ठाकुरवाडी रोडमा रहेको रामजानकी सेवा सदनमा उक्त कार्यक्रम विहान ठीक ११ः३० मा शुरु हुनेछ ।

जीवन विकास, सुख, शान्ति, समृद्दि स्लोगनसहितको यो कार्यक्रम रोचकनै हुने लायन सुराना बताउँछन् । सुरानाको अथक मिहिनेतका कारण आज विराटनगर लायन्स क्लवको साख बढ्दो क्रममा छ । छिटो समयमा समाजमा सयौं उदाहरणीय काम गरेर कीर्तिमाननै राखिसकेका लायन सुराना आज विराटनगरका चर्चित सफल समाजसेवीमा गनिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]