०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

मल्टिप्लेक्समा खानेकुराको मूल्यमा मनपर्दी

मल्टिप्लेक्समा खानेकुराको रेट किन महँगो त ?
Logo
निरज बस्नेत प्रकाशित मंगलबार, आषाढ ०५, २०८०

विराटनगर, असार ५
विराटनगरको भाटभटेनी सुपर मार्केटको पाँचौं तल्लामा क्यूएफएक्स मल्टिप्लेक्स संचालित छ । यहाँ टिकटको रेट रु. ३०० देखी रु. ६०० सम्म कायम गरिएको छ ।

प्रायः मल्टिप्लेक्स सिनेमाघरहरुको टिकटको दर देशभर एउटैनै राखिदैआएको पाइन्छ । कहीँकतै तलमाथि हुनसक्छ । हप्ताको दुईदिन चाँही रु. १५० अल शो, मा टिकट दर रहेको छ ।

यो विराटनगरको हकमा हो । अन्यत्रको अवस्थामा बार भने फरक हुनसक्ला । यही दर, सेन्ट्रल मल्टिप्लेक्स अनि सिटी सिनेमामा पनि यथावत छ । विराटनगरको मेनरोडमा सेन्ट्रल मल्टिप्लेक्स छ भने तिनपैनीमा सिटी सिनेमा मल्टिप्लेक्स रहेको छ ।
लगानी गरेअनुसारको टिकट दर कायम गरिएको हल संचालकहरुको दावी रहँदै आएको छ । यता आम दर्शक चाँही टिकट दर मँहगो भयो भन्छन् ।
टिकट दर त फगत प्रसंग बाहिरको कुरा भयो । उठान गर्न चाँही के खोजिएको भने, मल्टिप्लेक्समा खानेकुराको रेट किन महँगो त ?

यस विषयमा हल संचालकहरुको प्रतिक्रिया खरो छ । लगानी करोडौं पर्छ । लगानी अनुसारको दाम त पर्छ । यस्तो प्रतिक्रिया हल संचालकहरुको छ ।

यता आम दर्शक चाहीँ क्रोधित हुदै भन्छन्ः समोसा एक पिसको रु ५० अनि पानीको ५० यसरी लिन पाइन्छ ? बासी समोसालाई ओभनमा हाल्यो अनि तातो पारेर बेच्यो । यसमा पनि त शुद्दता हुदैन ।

रु १० को एक लिटर पानीको बोतलको रु ५० यो कहाँसम्मको न्यायोचित हो ? यससम्वन्धमा सम्वन्धित स्थानीय सरकार मौन देखिन्छ । यो हाम्रो मामला होइन भन्दै पन्छिने गरेको पाइन्छ । कतिपयको प्रतिक्रिया भने अलिक फरक छ ।

सिनेमा हेर्न जानु भनेको सौखको विषय हो । कुनै हलवालाले कर गरेर , बाध्यता पारेर , हात समातेर हलसम्म त घिसारेर ल्याउँदैन । यसमा व्यक्ति स्वयंको इच्छामा भरपर्ने कुरा हो ।

सवैको आ–आफ्नै तर्क आफ्नो ठाउँमा जायज होला । तरपनि कुनैपनि वस्तुको मूल्य कतिसम्म लिने भन्ने पनि उसको या भनौ त्यो संस्थाको नैतिकतासँग पनि जोडिने विषय हुनजान्छ । व्यापार खाली मुनाफाकै लागि मात्र त गरिन्न ।

यसमा पनि नीति–नियम भन्ने त हुन्छ । वस्तु विक्रि गर्दा धेरैमा २० प्रतिशतसम्म नाफा लिनुलाई स्वभाविक मान्न सकिएला । तर, रु १० को सामान रु ५० सम्म बेच्दा नाफा कति ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]