२९ फाल्गुण २०८१, बिहिबार
13-03-2025 , Thu
Gold Silver Price (28 Fagun 2081, THU)
Fine Gold 1 Tola NRs. 171000
Silver 1 Tola Nrs. 2015

समन्वय समिति महासङ्घ कोशीका पदाधिकारी र सदस्यहरूले लिए शपथ

Logo
संवाददाता जनचर्चा प्रकाशित बिहिबार, आषाढ १४, २०८०

विराटनगर
समन्वय समिति महासङ्घ कोशी प्रदेश समिति गठन भएसँगै पदाधिकारी र सदस्यहरूले शपथ लिएका छन् । जिल्ला समन्वय समितिको कार्यलाई सहजीकरण गरी काममा एकरूपता ल्याउनको लागि जिल्ला समन्वय समिति महासङ्घले यस अघि गर्दै आएको अभ्यासलाई निरन्तरता दिइएको हो । विराटनगरमा एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेशमा रहेका समितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । म्ऋऋ

कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १४ जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख कार्यक्रममा सहभागी थिए । नव गठित समन्वय समिति महासङ्घ कोशी प्रदेशको पदाधिकारीमा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राई अध्यक्ष बन्नु भएको छ। जिसस ताप्लेजुङ प्रमुख छिरिङ लामा उपाध्यक्ष, जिसस झापा उपप्रमुख शान्ता रोक्का क्षेत्री सचिव हुँदा उपसचिवमा पाँचथरका यामकुमार आङ्बो उप सचिवमा चयन भएका छन् ।
१५ सदस्य प्रदेश समितिको सदस्यहरुमा गौरबहादुर विश्वकर्मा उदयपुर, गुमानसिंह इस्बो तेह्रथुम, चित्रकला बराइली इलाम, तेजप्रसाद गिरी उदयपुर, गोपालमान थापा ओखलढुङ्गा, ज्ञानेन्द्र राई खोटाङ, तुलसा काफ्ले बराल झापा, हरिमायाँ विक मोरङ, कुमारी वि।क। सुनसरी र सावित्रा राई धनकुटाबाट चयन भएका छन् ।मअअअ
धनकुटाको उपप्रमुख समेत रहेकी सावित्रा राईले जिल्ला समन्वय समिति महासङ्घले आफ्नो अधिकार, अनुगमन र समन्वयको बारेमा समेत छलफल भएको जानकारी दिइन् । जिल्ला समन्वय समिति मोरङका उपप्रमुख उषा झाले १४ जिल्ला समन्वय समितिले गरिरहेका कामहरूको बारेमा भइरहेको कामको अनुभव तथा मोरङ जिल्लाले पनि आफ्ना अनुभवहरू सुनाएको जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]

विराटनगर, फागुन २८। खानेपानी संस्थान विराटनगरबाट वितरित पानीमा लेदो र धमिलोपन देखिएपछि विराटनगर-४ का स्थानीयवासीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरी प्रदर्शन गरेका छन्। विराेधका लागी स्थानीयहरुले लेदोयुक्त पानी बोकेरै वडा कार्यालय अगाडि प्रदर्शन गरेका थिए। स्थानीयहरूले वडाध्यक्ष, मेयर र खानेपानी संस्थानका प्रमुखहरूलाई यही पानी पिउन लगाउनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए।  स्थानीय अगुवा त्रिलोचन गौतमका […]

विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले […]