१९ चैत्र २०८१, बुधबार
02-04-2025 , Wed
Gold Silver Price (19 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 180200
Silver 1 Tola Nrs. 2050

स्यावास ! बालेन शाह ।

बालेनकाे स्टाटसमा निरजकाे समर्थन
Logo
निरज बस्नेत प्रकाशित सोमबार, भाद्र १८, २०८०

निरज बस्नेत
भदाै १८
“आजको लागि केही भएन,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार।”

यहि स्टाटस हालेर बालेन शाह एकाएक पुनस् एकपटक भाइरल भएका छन् । उनको यो स्टाटसमा रातारात लाखौंको संख्यामा लाइक, कमेन्ट अनि शेयर आएको छ । यो पाली मात्र नभएर, यस्ता (यस्ता स्टाटस बेलामौकामा हालेर बालेन शाह चर्चाको केन्द्रविन्दुमा छाउने गरेका छन् । वास्तवमै बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर भएपछि चर्चाको उच्च बिन्दुमै पुगेका छन् । शाहले गर्ने हरेक गतिविधिले तहल्का मच्चाउने काम गरिरहेको छ । काठमाडौंवासीको मन ( मनमा बस्न सफल शाहलाई भरोसा भनेकै आम नेपाली जनताकै हो । यहि भरोसाको सधैं कदर गर्दै उनले चाल्ने प्रत्येक स्टेप जनताकै पक्षमा आउने गरेको देखिन्छ । आज यसै कारण केन्द्र सरकारले समेत बालेनको केहि हल्लाउन सकेको छैन ।

‘आजको लागि केही भएन।’ ठिक छ । सन्दर्भ कसरी पनि जोडीन पुग्योभन्दा , मेयर बालेन पत्नीलाई बच्चा पाउने ब्यथाले एक्कासि च्यापेपछी बालेन पत्नी महानगरको सरकारि गाडीमा शनिबारको रातमा हुइकिन । अस्पताल जाँदै गर्दा एक्कासि ट्राफिकले गाडी बाटोमा रोक्यो । र, भन्यो शनिबार सरकारी गाडी किन चलाएको रु सरकारी पास खोइ भन्दै केरकार अनावश्यक रूपमा गरेको कुरा स्वयं ड्राइभरले बताएका छन् । फेरि ड्राइभरले भित्र गाडीमा म्याम हुनुहुन्छ । म्यामलाइ ब्यथाले च्यापिसक्यो । बेलैमा अस्पताल पुर्याउनुपर्छ । भनी भनिरहदा , ब्यक्तिको ज्यानभन्दा ठूलो सरकारी पास हो रु बालेन पत्नी सर्वप्रथम एक सचेत नागरिक हुन् । बादमा मेयर बालेन पत्नी हुन् । फेरि नेपालको संविधानमै स्पष्ट ब्यवस्था छ । प्रत्येक नागरिकको स्वास्थको रक्षा गर्नुपर्ने दायित्व त सरकारकै हो । अनि सडकमा ड्युटीमा खटिएका ट्राफिक त सरकारकै मातहतमै काम गर्ने हुन् । यति भनिरहदा मेयरको चाकडीवाज हो अथवा गर्यो भन्ने गलत अर्थ चाहिँ कसैले लगाइछ्न भने त्यस्तालाई हाम्रो केही भन्नू छैन । बस् यति भन्छौ । कठैबरा १ ठिक छ शनिबारको दिन सरकारी गाडी चलाउनु सरासर गलतनै हो । फेरि यो पटक त बालेन पत्नी भन्दापनी एकजना नेपाली नागरिक जसलाई अस्पताल छिटो पुर्याउनु थियो । फेरि हतारको बेलामा प्राइभेट गाडी अगाडि थिएन होला १ या भनौ सरकारी गाडीनै सामुन्नेमा देखियो । बस् , यसलाइ राजनीतिक फण्डा आफ्नो स्वार्थपुर्तीका लागि गर्नु दुर्भाग्य हो । फेरि सरकारी गाडीको चरम दुरुपयोग त ठुला भनिएका पार्टी अनि तिनका आसेपासेहरु बाटनै अक्सर हुनेगरेको जगजाहेर छदैछ ।

‘भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु।’
अब यो भनाइलाइ हलुका रूपमा पनि नलिइकन अनि अन्यथा पनि नमानिकन सपाट तरिकाले बुझ्नुपर्ने हुन्छ । यसमा घिसिपिटी टाउको दुस्खाइभन्दा अलिक पर गएर बिचार ( बिमर्श घनिभूत तवरले गरिनुपर्दछ । सिंहदरवारमा आगो लागेको कुरा बि स २०३३ सालतिर हो । त्योबेलाको र अहिलेकोमा बिल्कुलै फरक छ । त्यो समयमा आगो लागेको नै थियोे । आगो लगाउछु भनेर जानकारि गराएर लगाएको पनि होइन । एउटा कालखण्डमा आगो लाग्यो । कुरा सकियो । आज बालेनले आगो लगाउछु भनेकोलाइ सकारात्मक पाटोले विश्लेषण गरौ । सिंहदरवारमा बस्ने शासकहरु नेपाली जनताप्रति बिल्कुलै उत्तरदायी नभएको प्रति तीखो ब्यङ्य प्रहार यस अभिव्यक्तिमा छ । आज चुनावताका जनताको पिरमर्का मलाई जिताएको खण्डमा छु मन्तर तरिकाले पूरा गर्दिन्छु भनी वाचा गर्छन् । चुनाव जिति नेतृत्वमा पुगेपछि भ्रष्टाचारको खालमा डुब्छ्न । यो त यथार्थ हो । अनि बालेनको स्टाटसको खाटी कुरो बुझ्नुको साटो उल्टै नेगेटिभ हुनुपनी त जायज नहोला ।

‘याद राख चोर सरकार।’ यो त आज हरेक नेपालीले दिलदेखी भनिरहेको कुरा हो । यसमा के अनौठो मान्नु छ र रु बालेनले आट गरे , भने । ढिलो ( चाडो कसै न कसैले आट गरिहाल्थे । बालेन चर्चाको शिखरमा पुगेका जनप्रतिनिधि भएकै कारण यसले माइलेज लियो । फगत यति न कुरा हो । बालेनका भन्दा आक्रोशित भएर सामाजिक संजालमा आज प्रत्येक दिन यो भन्दा कडा कडा स्टाटस त सर्वसाधारण जनतालेनै हाली पोस्ट गरि त रहेका छन् । यसलाई ब्यक्ती उपर हेर्नुभन्दा पनि समग्र सिस्टम कसले कसरी करपटेट पार्दै छ त रु हाम्रो ध्यान त्यतातर्फ पो मोडिनुपर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१९ चैत । साथीलाई गोली लागेको विरोधमा कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। क्याम्पसमा बीबीएस तेस्रो बर्षमा अध्ययन गरिरहेकी विद्यार्थी रेविका खत्रीलाई गत चैत १५ गतेको आन्दोलनमा आफ्नै निवास नजिक गोली लागेको र अस्पतालको सघन उपचार कक्षमा उपाचार भइरहेको विद्यार्थीले बताएका छन्। उनको न्यायका लागि र दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलित […]

काठमाडौं १५ चैत ।  आज काठमाडौंमा एकसाथ गणतन्त्र पक्षधर र पूर्वराजा समर्थकले प्रदर्शन गर्ने भएका छन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको हो । देशमा प्रतिगामी तत्वहरुले टाउको उठाउन खोजेको भन्दै उनीहरु व्यवस्था जोगाउन र सरकारको गलत क्रियाकलापको खबरदारीका रुपमा सडकमा […]

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]