३० चैत्र २०८१, आइतबार
13-04-2025 , Sun
Gold Silver Price (29 chaitra 2081, FRI)
Fine Gold 1 Tola NRs. 185500
Silver 1 Tola Nrs. 1920

अब विराटनगरमा पनि आकाशे पुल बन्ने

यही आर्थिक वर्ष भित्रै आकाशे पुल बनिसक्ने
Logo
प्रकाशित बुधबार, भाद्र ११, २०७६

विराटनगर, भाद्र ११
काठमाडौं लगाएत अन्य छिटपुट सहरहरुमा मात्र देखिदै आएको आकाशे पुल विराटनगरमा पनि बन्ने भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारले फेसबुकमार्फत बन्न लागेको आकाशे पुलको डिजायन सार्वजनिक गरेका छन् ।
उक्त पुल फलामको हुनेछ । फलामको पुल कम खर्चिलो, बनाउन पनि धेरै समय नलाग्ने र धेरै वर्षसम्म टिक्ने अधिकारीको भनाई छ । हाललाई कंचानबारी, बरगाछि र गासचौकमा गरी ३ ठाउँमा पुल निर्माण गरीने तयारी भईरहेको छ ।
हाल अकाशे पुलका लागी डिपीआर तयारी भईरहेको मेयरका स्वकीय सचिव त्रिभुशन गिरिले जानकारी दिएका छन् । महानगरले यहि आर्थिक वर्षभित्र तिनै वटा पुल निमार्ण गर्ने गरी काम अघि बढाईरहेको महानगरका इन्जिनियर अर्जुन थपलियाको भर्नाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]

काठमाडौँ,३० चैत । नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै २६०० भन्दा बढी जनशक्ति माग गरेको हो। स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी आवेदन आह्वान गरिएको भन्दै सेनाले तोकिएको भर्ना केन्द्रमा फाराम बुझाउन अनुरोध गरेको छ । इच्छुक […]

विराटनगर, चैत्र २८ गते । झापा र मोरङ जिल्लाको २ स्थानहरुमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ । चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका-३ घर भई हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा […]

Close
Close