०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

निर्वाद चलिरहेकाे छ, विराटनगरको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने कार्य

Logo
संवाददाता जनचर्चा प्रकाशित शनिबार, मंसिर १६, २०८०

विराटनगर, मंसिर १६
विराटनगरको होटल विगमा रहेको च्याम्पेन जोन क्यासिनोमा स्थानीय नेपालीहरुलाई जुवा खेलाउने कार्य निर्वाद चलिरहेको छ । केहि समयदेखि नागरिक समाज र मिडियाले पटक पटक घच्घच्याई रहदाँ पनि सो क्यासिनोमा नेपालीलाई जुवा खेलाउने कार्य राज्यले अझै रोक्न सकेको छैन ।

दशै तिहारताका सो क्यासिनोका संचालक रामकृष्ण गौतमले ठुलो शंख्यामा स्थानीय नेपाली व्यवसायी तथा सर्वसाधरणलाई जुवा खेलाई मोटो धनराशी कमाई गरेको स्रोतबाट जानकारी प्राप्त भएको छ । यता क्यासीनोमा जति जति नेपालीहरुको चहलपहल बढीरहे उता मिडियामा पनि खबरहरु बाहिर आईरह्यो । बारम्बार क्यासीनो भित्रको खबरहरु बाहिर लिक हुन थालेपछि, संचालक गौतमले अहिले क्यासिनोमा निगरानी बढाएर नेपालीलाई जुवा खेलाउने काम गरिरहेको स्रोत बताउँछ । स्रोत भन्छ “दशै तिहारमा क्यासिनोको धेरै समाचारहरु बाहिर आएपछि क्यासिनोमा भईरहेको गलतधन्धा राकिन्छ होला भन्ने हामीले सोचेका थियौं” उनले विडम्बना व्यक्त गर्दै भने “तर रोकिएन्, स्थानीय नेपालीलाई अझैं पनि  प्रवेशमा रोकटोक छैन, सबैले जुवा खेल्न पाईरहेका छन् ।”

यस विषयमा मोरङ जिल्ला प्रहरी प्रमुख उपरिक्षक दिपक पोखरेलले बेला बेला प्रहरीले छड्के चेकजाँच गरिरहेको र ति बेला नेपाली जुवाडी कहिले फेला नपरेको प्रतिक्रिया केहि दिन अघि जनचर्चालाई दिएका थिए । तर खास एक सुत्रका अनुसार च्याम्पेन जोन क्यासिनोका संचालक गौतमले केही प्रहरी अधिकारीहरुसँग मिलेमत्तो यो धन्धा चलाईरहेका छन् । र मिलेका प्रहरीहरुले सुचना चुहाउने हुँदा अहिलेसम्म कोही पनि रंगेहात पक्राउ पर्न नसकेको सुत्रको बुझाई छ ।

सो विषयमा माेरङ प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले आफुलाई केहि थाहा नभएको र यथासिघ्र तथ्यसत्य पत्ता लगाउने प्रतिक्रिया दिएका छन् । क्यासिनो अनुगमनको विषयमा प्रहरीसँग सोधपुछ गर्ने र थप निगरानी बढाउन निर्देशन दिने समेत प्रजिअ यादवले जनजर्चासँग भएको फोन सम्पर्कमा बताए । प्रहरी माथिनै प्रश्न उठी रहेको बेला सँगसँगै छुटै ट्याक्सफोर्स बनाएर क्रसचेक समेत गर्ने उनले जानकारी गराए ।
पहिले चाडपर्वको वेला सिमित केहि व्यावसायीलाई भेला गरी क्यासिनो संचालकहरुले जुवा खेलाउने गरेका थिए । तर केहि समयदेखि च्याम्पेन जोन क्यासिनोमा स्थानीय व्यवसायी सार्वसधारणलाई बाह्र-मासै सधै जवुा खेलाउन थालेपछि सामाजबाटै यो कार्य रोक्नुपर्ने गुनासो आउन थालेको हो ।

याे पनि पढ्नुहाेस:
कानुन विपरीत विराटनगरको क्यासिनोमा स्वदेशीलाई जुवा खेलाईदै………….
रोकिएन विराटनगरको क्यासिनोमा स्थानीयलाई जुवा खेलाउने कार्य…….

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]