०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

भद्रपुरमा विद्यार्थी र ज्येष्ठ नागरिकलाई न्यानो कपडा र विद्यालयलाई खेल सामग्री प्रदान

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, मंसिर २८, २०८०

भद्रपुर, २७ मंसिर । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले आज विद्यार्थी र ज्येष्ठ नागरिकलाई न्यानो कपडा र विद्यालयलाई खेल सामग्री प्रदान गरेको छ ।

प्रतिष्ठानले झापा गाउँपालिका–२ सडकबारीस्थित जुडो प्राविका ३० जना छात्रछात्रालाई न्यानो कपडा (स्वीटर) र विद्यालयलाई खेल सामग्री वितरण गरेको हो । त्यस्तै, स्थानीय १५ जना ज्येष्ठ नागरिकलाई बर्को वितरण गरिएको संस्थाका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिनुभयो । आफूहरुले समाजबाट धेरै कुरा प्राप्त गरेकाले समाजमा आफूले पनि केही योगदान गर्नुपर्छ भन्ने ध्येयका साथ न्यानो कपडा र खेल सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

जुडो प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्दबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवि थपलियाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अञ्जुदेवी थपलियाले ब्यानर वाचन गरेर उद्घाटन गरिएको कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक गोपाल गणेशले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता कल्पना खड्काले गर्नुभएको थियो ।

प्रमुख अतिथि थपलिया, प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली लगायतले शुभकामन मन्तव्य राख्नुभएको कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष गंगा कोइराला, झापा जिल्ला जुडो संघका अध्यक्ष पृथ्वीविक्रम राई, वडाध्यक्ष हिमाल चम्लागाईं, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया, प्रतिष्ठानका सचिव नारायणप्रसाद ओली, कोषाध्यक्ष यज्ञराज (गोपाल) ओली, संरक्षक सदस्य शारदा ओली, गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन ढकाल, भुपेन्द्रबहादुर कटुवाल, निलम माझी, टेकबहादुर कार्की, रामबहादुर खड्का, जगतबहादुर खड्का लगायतको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि, प्रतिष्ठानका पदाधिकारी लगायतले न्यानो कपडा र खेल सामग्री वितरण गर्नुभएको थियो । बढ्दो जाडोका समयमा न्यानो कपडा पाएपछि विद्यार्थी र ज्येष्ठ नागरिकले खुसी व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]