२९ फाल्गुण २०८१, बिहिबार
13-03-2025 , Thu
Gold Silver Price (28 Fagun 2081, THU)
Fine Gold 1 Tola NRs. 171000
Silver 1 Tola Nrs. 2015

प्रदेशलाई बलियो बनाउन पत्रकारकाे भूमिका अपरिहार्य : मुख्यमन्त्री कार्की

Logo
संवाददाता जनचर्चा प्रकाशित बुधबार, पुष ११, २०८०

विराटनगर,‌ पुष ११

काेशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारकाे भूमिका अपरिहार्य रहेकाे बताएका छन् ।

मुख्यमन्त्री निवासमा भेटघाटका लागि पुगेका नेपाल पत्रकार महासंघ काेशी प्रदेश कार्य समितिसँगकाे छलफलमा साेमबार मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले प्रदेशभरिका पत्रकार महासंघकाे भाैतिक संरचना विकासमा याेगदान गरिरहेकाेले पत्रकार महासंघलाई पनि प्रदेशकाे अधिकार प्राप्तीका लागि बहस चलाउन आग्रह गरेका हुन् ।

´प्रदेश सरकारलाई कानून बनाएर अधिकार हस्तान्तरण नगरिरहेकाे र कानून, नियम बनिसकेकाे प्रहरी समायाेजन नगर्ने सरकार र संघीय सांसदलाई प्रश्न गर्नुका साथै बहस चलाउनु आवश्यक छ, उनले भने, ´प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानून नबनाउने तर प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उडाउने सांसद माथि सञ्चारकर्मीले किन प्रश्न उठाइरहेकाे छैन ?

प्रदेशलाई संस्थागत गर्न, संविधान कार्यान्वयकाे, संसदमा संविधान कार्यान्वयनकाे बारेमा आवाज उठ्याे कि उठेन त्यस बारेमा पत्रकार महासंघले बहस गर्नुपर्ने मुख्यमन्त्री कार्कीकाे भनाइ थियाे । ´पत्रकार महासंघ इन्स्टिच्यूट हाे । सरकारलाई याे राम्राे र याे नराम्राे पत्रकार महासंघले भन्नुपर्छ । खबरदारी गर्नुपर्छ,` उनले भने, ´पत्रकार र पत्रकार महासंघ सरकारकाे अंग नै भएकाले सरकारकाे कामकाज प्रभावकारी बनाउन भूमिका निर्पाह गर्नु आवश्यक छ ।` पत्रकारले प्रदेश सरकारले गरेका राम्राे कामकाे प्रचार र कमीकमजाेरीप्रति खबरदारी गर्ने दायित्वबाट पञ्छिन नमिल्ने मुख्यमन्त्री कार्कीकाे भनाइ थियाे ।

´प्रदेश सरकार पत्रकारकाे हक अधिकारकाै संरक्षणका साथै वृति विकासमा सदैव तत्पर रहन्छ त्यसैले ढुक्क भएर निष्पक्ष रूपमा कलम चलाेस्`, उनले भने, ´प्रदेश सरकारले चालू प्रदेशसभाकाे अधिवेशनमा नै सञ्चार ऐन ल्याएर पारित गराउँछ ।`

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, फगुन २९ । विराटनगर स्थित पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने भएको छ । भारतको हैदरावाद बाट श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजीको विशेष आतिथ्यतामा यो यज्ञ हुन लागेको हो । बिहिबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा यही चैत्र १ देखि ५ गतेसम्म यज्ञ हुन लागेको जानकारी दिइयो । मन्दिर […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]

विराटनगर, फागुन २८। खानेपानी संस्थान विराटनगरबाट वितरित पानीमा लेदो र धमिलोपन देखिएपछि विराटनगर-४ का स्थानीयवासीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरी प्रदर्शन गरेका छन्। विराेधका लागी स्थानीयहरुले लेदोयुक्त पानी बोकेरै वडा कार्यालय अगाडि प्रदर्शन गरेका थिए। स्थानीयहरूले वडाध्यक्ष, मेयर र खानेपानी संस्थानका प्रमुखहरूलाई यही पानी पिउन लगाउनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए।  स्थानीय अगुवा त्रिलोचन गौतमका […]