०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न

Logo
संवाददाता जनचर्चा प्रकाशित आइतबार, पुष २९, २०८०

विराटनगर,२९ पुस / विराटनगर महानगरपालिकाको आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न भएको छ ।
पहिलो कार्यशालाबाट प्राप्त मूल्यांकनको दोस्रो विश्लेषण कार्यशाला सम्पन्न भएको हो ।

महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको कार्यशालामा महेन्द्र मोरङ क्याम्पस विराटनगरका समाजशास्त्र विभागका प्रमुख डा. चन्द्र उपाध्याय तिम्सिनाले सहजीकरण गर्नुभयो । लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण दिग्दर्शन–२०७८ अनुसार स्थानीय तहले स्वमूल्यांकन र स्वपरीक्षण गर्न पाउने व्यवस्था छ ।

त्यस्तै स्वतन्त्र विज्ञलाई सहजकर्ता तोक्ने व्यवस्थाअनुसार महानगरपालिकाले तिम्सिनालाई सहजीकरणका लागि विज्ञका रुपमा तोकेको हो । कार्यशालामा आगामी आर्थिक वर्षका लागि लैंगिक समानता र समावेशीकरणका क्षेत्रमा अपनाउनुपर्ने कार्यदिशासमेत तय गरिएको थियो । आर्थिक वर्ष २०७९/८० को लैंगिक समानता तथा सामाजिक समावेशीकरणको परीक्षण गर्दै आगामी वर्षका लागि सुधारसहितका योजना गरिने कार्यबाहक मेयर शिल्पा निराला कार्कीले जानकारी दिनुभयो ।

लैंगिक समानता तथा सामाजिक समावेशीकरणका सन्दर्भमा सयवटा सूचक हुन्छन् । लैंसससामा ८ वटा तालिम रहने व्यवस्था छ । विज्ञ तिम्सिनाका अनुसार तालिका ८ बाट आगामी आर्थिक वर्षको योजना निर्माण गरिन्छ । कार्यशालामा कार्यदल सदस्य विश्वनाथप्रसाद भगत, कमला श्रेष्ठ, आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, राजस्व महाशाखा प्रमुख सरोज गौतमसहित विभिन्न शाखा तथा महाशाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]